जाजरकोट । जाजरकोटमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मत्यु भएको छ ।

जाजरकोटको छेडागाडमा गए राती ११ वजे मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मत्यु भएको हो ।

मुत्यु हुनेमा जुनीचाँदे २ का वर्ष २७ का दिलबहादुर शाही र १५ वर्षका पारस सींह रहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी ८ जना घाइते भएका छन ।

सुर्खेतबाट जुनिचाँदे गाउँपालिका तर्फ चामल लिएर जाँदै गरेको वा ५ ख २५०१ नंवरको मिनिट्रक छेडागाड नगरपालिका – ११ ध्यापटाकुरा भन्ने स्थानमा सडकवाट करिव तीन सय मिटरको दुरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले छेडा प्रहरी पोष्टमा तीन जनाको इन्ट्री गरिएको भए तापनि वाटोमा अन्य यात्रुहरु राखिएको आशका व्यक्त गरे । चाडवाडको समय र अन्य सवारी साधन को विकल्प नभएकाले यात्रुहरु मिनिट्रकमा चढेको हुन सक्ने डिएसपी थापाले बताए । घटनाको जानकारी पाउने वित्तीकै प्रहरी घटनास्थल पुगी घाइतेहरुको उद्धार गरि सुर्खेत प्रदेश अस्पताल पठाएको डिएसपी थापाले बताए । दुर्घटना कसरी भएको भन्ने वारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।