सप्तरी । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

सप्तरीमा एघार हजार भोल्ट प्रवाह भएको बिजुलीको तारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका ३ बनरझुला बस्ने मो. ईनुसका श्रीमती ३८ वर्षीया जैफुल खातुन रहेको छ ।

आइतबार बिहान करिब १२ बजेको समयमा हरियो बाँस घरको छतमा राख्ने क्रममा नजिकै रहेको ११ हजार भोल्ट प्रवाह भएको बिजुलीको तारमा छोइदा करेन्ट लागेर खातुन गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागि लग्दै गर्दा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । मृतकको शवको पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।