सप्तरी । नेपाली बजारमा सुनको मूल्य २ सयले रुपैयाँले बढेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९४ हजार ५००मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बुधबार छापावाला सुन मुल्य प्रतितोला ९४ हजार ३०० कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मुल्य भने आज स्थिर रहेको छ । बुधबार प्रतितोला १२८० रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोही मूल्य कारोबार भइरहेको महासंघले जनाएको छ ।