सप्तरी । नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९४ हजार ४०० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहीबार छापावाला सुन मुल्य प्रतितोला ९४ हजार ५०० कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मुल्य ५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १२८० रुपैयाँमा कारोबार भएको चाँदीको आज १२७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।