सप्तरी । नेपाली बजारमा सुनको मूल्य ७०० रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९३ हजार ७०० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रबार छापावाला सुन मुल्य प्रतितोला ९४ हजार ४०० कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मुल्य १५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १२७५ रुपैयाँमा कारोबार भएको चाँदीको आज १२६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।