सिरहा । सिरहाको लहान नगरपालिकास्थित पडरियामा एक पुरुषको शव फेला परेको छ ।

पूर्वश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिकास्थित पडरियामा आज विहान एक पुरुषको शव फेला परेको हो।

सडक किनारमा सुन्तला रङ्गको टिसर्ट र नेपाली सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएको अन्दाजी करिब २८/२९ बर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ । शवको सनाखत हुन सकेको छैन ।

घटनावारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक डा. तपन दहालले जानकारी दिए । युवकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।