दमक । दमकमा जङ्गली हात्ती देखा परेपछि स्थानीय त्रसित बनेका छन् ।

झापाको दमकस्थित हम्सेदुम्से सामुदायिक वनभित्र तथा आसपासको क्षेत्रमा केही दिन यता तीन वटा जङ्गली हात्ती देखा परेपछि स्थानीयहरु त्रसित भएका हुन् ।

मानिसहरु आवतजावत भइरहने दमक ३ स्थित भुटानी शरणार्थी शिविर नजिक रहेको पीच सडकमा समेत हात्तीहरु देखा पर्न थालेपछि स्थानीयहरु हिँड्डुल गर्न समेत डराउन थालेका छन् ।

प्रायः जसो धान पाक्ने यो समयमा भारतबाट जङ्गली हात्तीहरु आएर किसानको धानबालीमा क्षति पुर्याउँदै आएका छन् । वडा नं.३ का वडाध्यक्ष नवीन बरालका अनुसार स्थानीयहरुलाई सुरक्षित रहेर बस्नका लागि आग्रह गरिएको छ । यस क्षेत्रमा लामो समयदेखि हात्तीको समस्या रहँदै आएको पनि उनले बताए ।