जनकपुरधाम । सर्लाहीमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

सर्लाहीको बागमती नगरपालिका-१० केराबारीमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हरिवन नगरपालिका(७ बस्ने २५ वर्षीय देव मोक्तान र पछाडि सवार २३ वर्षीय मिलन ब्लोन रहेको प्रहरीले जनाएको छ ।

कर्मैयाबाट बरहथवातर्फ जाँदै गरेको बीआर ०५पीए ७१९९ नम्बरको टाटा सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

ठक्कर दिने टाटा सुमोसहित चालकलाई इलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएको छ ।