जाजरकोट । जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने, २७ जना घाइते भएका छन ।

जाजरकोटमा आज विहान २ वजे बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनुको साथै २७ जना घाइते भएका हुन् ।

नेपालगञ्जदेखि रुकुम पश्चिमको राडी वजारका लागि आउँदै गरेको ना ७ ख २७५७ नंवरको यात्रुवाहक रात्रिबस जाजरकोट भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो । जाजरकोटका प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले दुर्घटना भएको जानकारी पाएपछि परिचालित प्रहरीले घाइते हरुको उद्धारगरी जिल्ला अस्पताल जाजरकोटमा पुर्याएको बताए ।

मृतकहरुको पहिचान नभएको र घाइते हरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको डिएसपी थापाले बताए । बस केकसरी दुर्घटना भएको वारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए घाइते र मृतकहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको जनाइएको छ ।