झापा । झापाको बिरिङ्ग पुलमा बस दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ ।

झापाको कन्काई नगरपालिका ८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको हो ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताए । दुर्घटनामा आय २२ घाईते समेत भएका छन् ।

घाईते भएकाहरुलाई उपचारको लागी अस्पताल पठाईएकोमा उपचारको क्रममा कन्काई नगरपालिका ७ का १६ बर्षिय उत्सब पौडेलको मृत्यु भएको थियो । अन्य घाईते भएकाहरु मध्ये ११ जनाको बि एण्ड सि अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रहरीले बताएको छ ।