काठमाडौं । नेपाल राष्ट्र बैंकको आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८६ पैसा र बिक्रिदर १२० रुपैयाँ ४६ पैसा रहेको छ ।

बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ २५ पैसा र बिक्रिदर १३५ रुपैयाँ ९३ पैसा रहेको छ । यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९४ रुपैयाँ र बिक्रिदर ९४ रुपैयाँ १० पैसा रहेको बैंकले जनाएको छ ।