धनुषा । धनुषामा दुई ओटा मोटरसाइकल आपसमा ठोकिदा दुबै चालक गम्भीर घाइते भएका छन् ।

धनुषाको शहिदनगर नगरपालिका ३ झण्डाचोकमा ज ८ प ९३३२ नम्बरको मोटरसाइकल र स ४ प ८४६४ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ७ बजे आपसमा ठोकिएका हुन् ।

दुर्घटनामा ९३३२ नम्बरका मोटरसाइकल चालक शहिदनगर नगरपालिका १ चिरैयाका २७ वर्षीय रुपेश यादव र अर्का मोटरसाइकल चालक शहिदनगर नगरपालिका ८ डुमरियाका २५ वर्षीय सुजित गुरमैता यादव गम्भिर घाइते भएका छन् । घाइते दुबै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय यदुकुवाले जनाएको छ ।