मोरङ । नियन्त्रित लागूऔषध सहित बिशाल खड्का पक्राउ परेका छन् ।

मोरङ, विराटनगर महानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध सहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २१ वर्षीय खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिशाललाई लागूऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले जाँच गर्नेक्रममा ३० ट्याब्लेट नाईट्रोसन, २० एम्पुल लुपिजेसिक, २० एम्पुल एभिल, १० एम्पुल डाईजेल्याब, १० एम्पुल फेनारगन र १० एम्पुल डाईजेपाम सहित फेला पारी पक्राउ गरेको हो । त्यस्तै, पर्सा, वीरगंज महानगरपालिका९१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध ३० ट्याब्लेट नाईट्राभेट सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ बस्ने ३३ वर्षीय विजय खरेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका विजयलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।