सप्तरी । नेपाली बजारमा सुनको मूल्य २०० सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९१ हजार ३०० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहीबार छापावाला सुन मुल्य प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको स्थिर रहेको छ । बिहीबार प्रतितोला १९० रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोही मुल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।