मुम्बई : बलिउड नायिका काजल अग्रवालले हालै व्यापारी गौतम किचलूसँग विवाह गरेकी छिन् । हाल उनी आफ्ना श्रीमानसँग माल्दिभ्समा हनिमून मनाइरहेकी छिन् । काजलले आफ्ना भ्रमणको फोटो लगातार सोसल मिडियामा पोस्ट गरिरहेकी छिन् ।
हालै काजलले इन्स्टामा केही नयाँ तस्बिर सेयर गरेकी छिन् जसमा नवविवाहित जोडीलाई पानी भित्र रोमान्स गरिरहेको देख्न सकिन्छ । काजलले जुन तस्बिर सेयर गरेकी छिन् त्यसमा उनी निलो रङको ब्याकलेस ड्रेसमा देखिएकी छिन् । यो ड्रेस काजललाई निकै सुहाएको छ । नायिकाले जुन फोटो सेयर गरेकी छिन् त्यसमा पानीभित्र एक कोठा पनि देखिएको छ र त्यस वरिपरि थुप्रै माछा पनि देखिएका छन् ।
![](https://i0.wp.com/ratopati.prixacdn.net/media/albums/kajal_honeymoon1_2020_11_12_174129_ir35K3MN5j.jpg?resize=1091%2C906&ssl=1)
![](https://i0.wp.com/ratopati.prixacdn.net/media/albums/kajal_honeymoon2_2020_11_12_174541_d7LJJAd6bJ.jpg?resize=1115%2C926&ssl=1)
![](https://i0.wp.com/ratopati.prixacdn.net/media/albums/kajal_honeymoon3_2020_11_12_174217_1OGE5fKyGc.jpg?resize=1095%2C910&ssl=1)
![](https://i0.wp.com/ratopati.prixacdn.net/media/albums/kajal_honeymoon4_2020_11_12_174350_seUZ4xhRed.jpg?resize=1078%2C895&ssl=1)
Discussion about this post