MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सबै पुरुष बलात्कारी हुदैनन

मधेशटप by मधेशटप
२०७७ मंसिर १८, बिहीबार २२:४५
0

समाज परिबर्तनशिल छ , यसको संरचनामा परिवर्तन आइरहन्छ | मानव समाज परम्परागत अवस्था
देखी आधुनिक अवस्थामा आउनु परिवर्तन नै त हो , यसमा दुई मत छैन | समाजको सबै पक्षमा
परिवर्तन ल्याउन मानव प्रयासरत रहेको पाइन्छ | हिजोआज बढ्दै गएको बलात्कारको घटना र यसको
नियन्त्रण तथा निराकरण गर्न ब्यक्ती ब्यक्ती , घर, टोल ,समुदाई तथा समाज बाट आक्रोशित आवाज
उठनु र आक्रामक ब्यबहार प्रदर्शन गर्नु , नारा , जुलुश र अभियानहरु चलाउनु जस्ता कदमहरु परिबर्तन
ल्याउने संकेत नै हो यसलाई नकार्न कुनै हालतमा सकिदैन |


बलात्कार एक अमानविय जघन्य अपराध हो | यो दुष्कर्म ऐतिहासिक कालदेखि नै हुदै आइरहेको छ तर
यस्ता दुष्कर्मलाई नजरअन्दाज गरिएको र प्राथमिक समस्यामा नराखेको मान्न सकिन्छ | यसका
कारणहरु बिभिन्न हुनसक्छन : कसैले यसको बिरुद्ध आवाज उठाएमा उसलाई बढी जोखिम भोग्नु पर्ने ,
या उसका घर परिवार हरुलाई हानि पुगाईने , त्यती मात्रै कहाँ हो र बलात्कार पिडित घर रहेछ भने
समाजमा उल्टै बैज्जत हुनुपर्ने र उनका घर परिवारका छोरा छोरी संग बैवाहिक कार्य गर्न नहुने वा
बहिस्क्रीत पनि हुने जस्ता सामाजिक अवस्था हेर्न पाइन्छ | यसरि डरलाग्दो अवस्थालाइ बिरोधगर्न
नसकेपछि समाजमा छोरी जन्मिनुलाई अभिशाप मान्न बाध्य भएको हेर्न पाइन्छ | छोरीलाई जन्मदेखि
मृत्युसम्म सुरक्षा दिरह्नु पर्ने र समाजमा नांगै घुमिरहेका बल्त्कारी रोगी सँग बचाउने कार्यमा बढी
ध्यान दिनुपर्ने जस्ता कठिनाईहरुले गर्दा छोरी जन्मिदा शोकाकुल हुने र छोरा जन्मिदा खुशीले घरपरिवार
देखी टोल समाज सम्म भोज भतेर गर्ने क्रियाकलाप हेर्न पाईन्छ | यतिमात्रै कहाँ हो र आधुनिक
प्रबिधिको उपजले भ्रुण अवस्थामा नै छोरीको लिङ्ग पहिचान गरि गर्भमै हत्या गर्न बाध्य भएको र यसको
कारण आफुले न मारे अरु दुश्कर्मी ले मार्ने छ भनी नकारात्मक सोचले भित्र भित्रै सताएको हुन्छ | यदि
छोरी जन्मी हाले भने , छोरीलाई घरबाहिर जान नदिने जस्ता कडा पाबन्दी लगाएको हुन्छ | जसलाई
छोरीको हक अधिकार सँग जोडेर हेर्न सकिन्छ |


हाम्रो समाजमा हालसालै घटना हरुमा बिद्यालय पढ्न गएकी , साथीका घरमा पढन गएकी ( १३ बर्ष कि
निर्मला पन्त ), पुजा हेर्न गएकी ( ६ बर्षकी गुलाब साह) जस्ता उदाहरण हेर्न सकिन्छ | त्यति मात्रै
होइन धामी निर जादा बलत्कार हुनु, घरमै आफन्त सँग बलात्कार हुनु थुप्रै तथ्यांक हरु छन | हाम्रो
समाज यस्तो भयाबह अवस्था बाट गुज्रिरहेको छ कि कुनै पुरुष माथि बिश्वास गर्न सकिदैन चाहे त्यो

आफ्नै सन्तान होस या आफन्त या छिमेकी। हरेक पुरुष शंका को दायरामा छन्। को भलादमी त को
शैतान छुटयाउन नसकिने अवस्था आएको छ।
यस्तो भयाबह परिस्थितीमा हामि छोरी र महिला बर्ग लाई कसरि सुरक्षित बाताबरण दिने भनि
समाधान तर्फ जाने गर्दछौं जुन अहिले हामि थुप्रै आन्दोलनहरु गरेको तथा बल्त्कारीको घरमा आगो
लगाउने र ढुंगा मुढा गर्ने जस्ता आक्रामक ब्यबहार प्रदर्शन हेर्न पाइन्छ | चाहे त्यो १३ बर्षीय कंचनपुर
कि निर्मला पन्त होस् या हालै बर्दिबाश कि ६ बर्षीय गुलाब साह खातुन को बलात्कार बिरुद्ध
भएको प्रदर्शन मै उदाहरण हेर्न पाइन्छ | हामि न्याय चाहन्छौं र त्यसकोलागी कडा कानुन पनि तर
हर्जाना अर्थात् लाख रुपैया र पिडित परिवारलाई रोजगारी दिने भनि सर्बदलीय निर्णय हुने गरेको छ |जुन
निन्दनीय छ।

सबै पुरुष बल्त्कारी हुन्छ भन्न सकिदैन | बलत्कार पनि एक अपराध हो र बलत्कार गरेर हत्या गर्नु त्यो
त झन् अभद्र, अमानविय र क्रुर अपराध हो | अपराधी प्रवृति को बिकासमा बच्चाको लालन पालन
अवस्था र सामाजिकीकरण गर्ने प्रक्रियाले ठुलो भूमिका खेल्दछ | बच्चाहरु कुशल बनाउनमा
अभिभावक , गुरुबर्ग , समाज र कानुन को ठुलो भूमिका हुन्छ | अभिभावकबाटै सुरुमा नजर अन्दाज
गरियो भने कुनै पनि बच्चाको अपराध घरबाट शुरुभई टोल, समाज र देशमै भयाबह परिस्थिती सिर्जना
हुने गर्दछ | कुशल व्यक्तित्वको निर्माण हुनु जरुरि छ | हाम्रो वरिपरि सबै कुशल छन त | सबै पुरुषहरु
बलत्कारी हुन्छन त | यो पनि मनन गर्ने पक्ष रहेको छ | खासगरी बल्त्कारी व्यक्तित्व तीन कारणले
निर्माण हुने गर्दछ |


१. अशिक्षा २. बेरोजगारी ३. मानसिक अस्वस्थता
१.अशिक्षा : शिक्षित ब्यक्ती आफ्नो ज्ञानको प्रयोग सृजनशील र उत्पादनशील कार्यमा लगाउदछन ,
त्यतिमात्रै होइन आफ्नो कार्यको सकारात्मक नकारात्मक प्रभाब र परिणामको तर्कवितर्क गर्ने गर्दछन |
तर अशिक्षित ब्यक्तीमा यी सबको अभाव हुने गर्दछ | क्षनिक सुखको लागि परिणामको चिन्ता नगरी
कार्यहरु गर्ने गरेको सहजै हेर्न पाउदछोँ | अशिक्षित ब्यक्ती छोरी जात सँग शरीर मात्रै हुने गर्छ दिमाग
पनि हुन्छ भन्ने सोच पनि ल्याउन सक्दैनन त्यसैले छोरीको जात लाई यौन सुखदिने स्रोत ठान्दछन र
त्यहि गन्दा नजरले हेर्दछन |

२. बेरोजगारी : रोजगार ब्यक्ती व्यस्त हुन्छन , उसलाई आफ्नो कामको आलावा अन्त समय व्यतित
गर्न रुची हुदैन | आफ्नो कार्यमा उन्नती होष भन्ने मनशायले लागेका हुन्छन , उसको दिमाग व्यस्त
हुन्छ तर बेरोजगार ब्यक्ती सँग प्रयाप्त समय हुने गर्दछ | गफचुटेर बस्ने , गल्लीमा केटी जिस्काउने ,
अश्लिल भिडिओ हरु हेर्ने जस्ता कार्यमा व्यस्त हुने गर्दछन र दुष्कर्म गर्न पनि पछि हटदैनन | काम
भएन भने कामि हुने गर्दछन | आफ्नो भोक शान्त गर्न बलात्कार जस्ता दुष्कर्म गर्न तत्पर हुनेगर्दछन |

३. मानसिक रोगी वा मानसिक अस्वस्थ्यता : मानसिक रुपले स्वस्थ्य हुनु अति आवस्यक छ | मानसिक
अस्वस्थ्य\ रोगि हामि पागललाई मात्रै बुझ्नु हुदैन | हामि कुनै न कुनै मानसिक रोगले ग्रसित छौं | हाम्रो
बानि ब्यबहार , सोचाई , भावना , यदी सामान्य छैन त्यसैगरी अनाबश्यक क्रोध, निराशा ,चिन्ता , आक्रामक
ब्यबहार जस्ता हुनु पनि मानसिक रोगि वा अस्वस्थ्यताको पहिचान गराउदछ | हाम्रो परिवार समाजमा
संगै बसेका हामीले पहिचान गर्न नसकेका मानसिक रोगीहरु छन | यस्ता रोगीहरु शिक्षित अशिक्षित ,
रोजगार बेरोजगार जुन ब्यक्ती पनि हुनसक्छ | मानिस बढी चिन्ता ,निराशा हुदै जादा आत्महत्या गर्ने
गर्दछन तर एक्कासी कसैले आत्महत्या गर्दैनन् रे उसको आत्महत्या गर्ने योजना हुने गर्दछ शुरुको
दिनमा तर पछि गर्छन | त्यस्तै नै बलात्कारीहरूको पनि सुरुदेखिनै योजना हुने गर्दछ र उसले गर्छ पनि
| त्यसैले यस्ता मानसिक रोगीहरुको पहिचान हुनु आवस्यक छ |


समाजका बिभिन्न पक्षहरुमा अध्ययन अनुसन्धान भईरहेको पाइन्छ तर बल्त्कारी र बलात्कार गरि
आफ्नो नाम लुकाउन हत्यासम्म गर्ने जघन्य अपराध भएकोमा नजर अन्दाज गरिएको छ | यदि
अनुसन्धान गरियो भने बलात्कार गर्ने प्रवृतिका व्यक्तित्वको पहिचान हुनसक्छ , पहिचान भएपछी
त्यसलाई निराकरण वा उपचार समयमै गर्न सकिन्छ | हरेक उमेर समुहका नारीलाई बचाउन सकिन्छ ,
सामाजिक बाताबरण राम्रो बनाउन सकिन्छ |


दिनदिनै बढ्दैगएको बल्त्कारी घटनालाई नियन्त्रण गर्न कडा कानुन चाहिछ र मात्र कानुनले पुग्दैन |
त्यस्ता व्यक्तित्वको पहिचान हुनु आवस्यक छ , तिनलाई उपचार गर्ने या परामर्श सेवा दिने कसरि
स्वास्थ्य बनाउन सकिन्छ त्यसमा सबैको ध्यान केन्द्रित हुनु पर्छ | कानुन मजबुत बनाउन बल्त्कारी
व्यक्तित्व पहिचान गर्नु पर्छ , उसलाई कसैले बचाउने कोशिस गर्नु हुदैन अनि मात्रै हाम्रो समाजमा यस्ता
दुष्कर्मको अन्त्य हुनेछ | आज हामि परिवर्तनको नजिक छौं र यसमा पुरुषको बिरोधी आवाज ,प्रदर्शन र
प्रदर्शन कै क्रम मा मृत्यु समेत भएका कुशल ब्यक्ती पनिछन जसबाट प्रमाणित भएको छ कि सबै पुरुष
बलात्कारी हुदैनन् |

बल्तकारी व्यक्तित्वको विकास हुन् नदिन अभिवाबक बर्ग बढी जिम्मेबार हुनु आवस्यक छ। आफ्नो
छोरीहरुलाई संस्कारी बनाउन बढी ध्यान दिएजस्तै छोराहरुलाई पनि संस्कारी बनाउनु अतिआवस्यक
छ। छोरा ले जे गर्दा नि हुने भन्ने मानसिकता लिएर लालन पालन गरियो भने यस्ता अपराधी
व्यक्तित्वको विकास हुनु स्वाभाविक हो। यदि यस्ता दुस्कर्मी व्यक्तित्वको विकास भएको छ भने त्यसको
समयमै पहिचान गरि समस्याको समाधान निकाल्न सकिन्छ । यो एउटा मानसिक समस्या हो यस
पक्षमा मनोबैज्ञानिक हरुको ध्यान जानु आवस्यक छ। बल्तकारी व्यक्तित्व को पहिचान गर्ने टुलको
विकास हुनु पर्छ। हाम्रो देशमा 2018 November मा अमेरिकाका प्रोफेसर डेभिड आएर बिभिन्न प्रकारका
मानसिक समस्याले ग्रसित व्यक्तित्व को पहिचान गर्न सकिने मिनी टुलको प्रयोग गर्न तालिम दिन
आउनु भएको थियो। त्यो तालिममा म पनि सहभागी थिएँ र त्यो टुल मा रहेको सबै प्रश्नहरु मैले पढे
र उनलाई बिभिन्न Disorder मा भएको बिभिन्न प्रस्नहरु मध्ये एउटा Conduct Disorder को पहिचान
गर्ने प्रश्न मध्येको एउटा प्रश्न “के तपाईंले कसैलाई आफुसंग यौन सम्पर्क राख्न जबर्दस्ती गर्नु भयो ?”


भन्नेकुरालाई आधार बनाएर आफ्नो जिज्ञाशा राखे कि के यसरि हामीले समाजमा बल्तकारी
व्यक्तित्वको पहिचान गर्न सक्छौं ? त्यस्तै त्यो मिनी टूलमा Suicidality आत्महत्या गर्ने व्यक्तित्वको
पहिचान गर्न बिभिन्न प्रश्नहरु थियो र उनले तालिम दिदा कुनै पनि व्यक्ति एक्कासी आत्महत्या गर्दैन
उसले आफु भित्र योजना बनाएको हुन्छ भन्नु भयो र मैले यसलाई पनि आधार बनाएको थिएँ। उनको
जवाफ तालिममा आएको थियो कि बल्तकारी व्यक्तित्वको पहिचान गर्न टुल बनाउन सकिन्छ। म वहाँ
लाई यस्ता प्रश्न सोध्नु को कारण त्यतिखेर हाम्रो समाजमा निर्मला बलत्कार हत्याकाण्ड भएको थियो
जसबाट म मात्रै होइन हाम्रो समाज शोकाकुल थिए।

हाम्रो समाजमा कति धेरै निर्मला र कतिधेरै गुलाब शाह खातुन जस्ता चेलीहरु आफ्नो सुनौलो जीवन
बाच्ने अधिकार बाट बन्चित भएर यो संसारबाट बिदा भएका छन्। यसको बिरोधमा आवाज उठाईएको
छ , १६ दिने महिला हिंसा बिरुद्ध अभियान चलेको छ। तर कति दिन सम्म समस्याको समाधानको
पर्खाइमा एक पछी अर्को घटनालाई सहज रुपले स्वीकार्न कायार्तापुरबक बाध्य हुने होला। सबै पुरुषबर्ग
शंकाको घेराबाट कहिले मुक्त हुने होला। जसरि गाउँ समाजमा कुनै एउटा बुढी महिला बोक्सीको
आरोपमा परेको हुन्छ भने प्रायः सबै बुढी महिला बोक्सी हुन्छ भन्ने डर र शंका सबैले गरेका हुन्छन
त्यसरी नै बर्तमान समाजमा बलत्कार घटनाहरु ले गर्दा सबै पुरुष शंका को घेरामा हुनु स्वाभाविक हो तर
सबै पुरुष बल्तकारी हुदैनन् ||

ज्योती कुमारी झा (समाजशास्त्री )

Previous Post

संघीय सरकारविरुध्द प्रदेश २ ले हाल्यो सर्वोच्चमा रिट

Next Post

उमेर ढल्केपनि घटेका छैन करिश्माको सुन्दरता हेर्नुहोस् (फोटोफिचर)

Related Posts

‘मैथिली भाषा सङ्कटमा’
Banner News

गणतन्त्र स्थापनाको १६ वर्ष : अहिले पनि अनुसन्धानकै गर्भमा छन् योद्धाहरु

२०७७ मंसिर १८, बिहीबार २२:४५
बोदे बर्साईनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न
देश

बोदे बर्साईनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न

२०७७ मंसिर १८, बिहीबार २२:४५
श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न
देश

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

२०७७ मंसिर १८, बिहीबार २२:४५
बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन
देश

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

२०७७ मंसिर १८, बिहीबार २२:४५
श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न
देश

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

२०७७ मंसिर १८, बिहीबार २२:४५
मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति
देश

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

२०७७ मंसिर १८, बिहीबार २२:४५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति