MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

राष्ट्रिय नागरिक आन्दोलनको अगुवाइमा मंसिर २७ गते सिरहाको लहानमा बृहत् प्रदर्शनको तयारी

मधेशटप by मधेशटप
२०७७ मंसिर २४, बुधबार १७:२१
0
राष्ट्रिय नागरिक आन्दोलनको अगुवाइमा मंसिर २७ गते सिरहाको लहानमा बृहत् प्रदर्शनको तयारी

काठमाडौ । राजसंस्थासहित हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि देशव्यापी रूपमा शृङ्खलाबद्ध सडक संघर्षका कार्यक्रम थालिएका छ्न । वर्तमान राजनीतिक व्यवस्थाबाट आजित बनेका आम नागरिक देशमा पुनः राजसंस्था पुनर्स्थापनाका लागि सडकमा ओर्लिन थालेका हुन ।

देशको सार्बभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि नागरिक-तन्त्र/जनतन्त्र सहितको राज-संस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको विकल्प नभएको भन्दै देशका विभिन्न स्थानमा स्वस्फूर्त रूपमा नागरिकको सडक संघर्ष बाक्लिएको छ भने राजतन्त्रको जयजयकार हुँदै गणतन्त्रको बिदाईको आवाज चर्को रूपमा सुनिन थालेका छ्न । पछिल्लो केहीदिन यता कोरोना महामारीलाई व्यवास्था गर्दै नागरिकहरु देश बचाउन सडकमा राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेको पाइन्छ ।

जसको प्रमुख रणनीतिकार – योजनाकार र नेतृत्व “राष्ट्रिय नागरिक आन्दोलन २०७७” ले गर्दै आएको देखिन्छ, यसैक्रममा राष्ट्रिय नागरिक आन्दोलनको अगुवाइमा मंसिर २७ गते सिरहाको लहानमा बृहत् प्रदर्शनको तयारी थालिएको छ, जसमा कम्तीमा पनि २५ देखि ३० हजार आम नागरिकको उपस्थिति र सहभागिता रहेने दावा गरिएको छ । मुलुक बचाउन,नागरिकको रक्षा गर्न ,लुटतन्त्र र भ्रष्टतन्त्रको अन्त्य गर्न एतिहासिक नागरिक प्रदशर्नको तयारी तीब्र पारिएको आयोजकले जनाएको छ ।

यसअघि पनि राजा ल्याऔ ,देश बचाउ,पार्टी होइन देशको झन्डा बोकौ भन्दै काठमाडौ , बुटवल ,कोहलपुर ,कपिलवस्तु ,बर्दिया, बिरगंज , विराटनगर,कैलाली ,सुर्खेत र बर्दियामा समेत ठूलो प्रदर्शन भएको थियो ।

मङ्सिर २७ गते लहानको पशुपति मा.वि. मा हुने बृहत् कार्यक्रममा सहभागी हुन सम्पुर्ण देशभक्त नागरिकहरुलाई अपील समेत गरिएको छ ।
जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक तथा “राष्ट्रिय नागरिक आन्दोलन २०७७” का उदघोषकर्ता एवं वरिष्ठ नेता डा. मनोज मुक्ति “विवेक” का अनुसार “जबसम्म यो ब्यवस्था ढल्दैन र यो संविधान खारेज भई नागरिकतन्त्र-जनतन्त्र सहितको राज-संस्था र वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना र नागरिक सरकार गठन नभएसम्म यो आन्दोलन जारी रहन्छ” ।

उक्त नागरिक सभाको प्रमुख नारा र वक्ताहरु यस प्रकारको रहेको छ,

सादर आमन्त्रित सादर आमन्त्रित सादर आमन्त्रित !!
नेपाल आमालाई माया गर्ने सम्पूर्ण राष्ट्र-भक्त आम मुक्ति कामी नागरिकहरुमा सार्वजनिक अपील !!

मंसिर २७ गते शनिबार ११:०० बजे लहानको पशुपति मा.वि. जाऔं !

राष्ट्रिय एकता र नागरिक सर्वोच्चता प्रदर्शन गरौं !!

जनतन्त्र, राज-संस्था र वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना गरौं !!

भ्रष्ट लूटतान्त्रिक गन्हाउनेतन्त्रको श्रद्धाञ्जली-सभामा सक्रिय सहभागिता जनाऔं !!

राष्ट्रभक्त नागरिक हुनुको कर्तव्य निर्वाह गरौं, राष्ट्र बचाउ अभियानमा स्व-स्फुर्त योगदान गरौं !!

अबको निकास “नागरिक सरकार” र देशको बिकासका लागि “नागरिक आयोग” को गठन गरौं !

आयोजक :-
सिरहा जिल्ला जन-परिचालन समिति
जनतान्त्रिक तराई मुक्ति मोर्चा
राष्ट्र बचाउ अभियान
राष्ट्रिय नागरिक आन्दोलन २०७७

मुख्य वक्ताहरु

१) प्रमुख अतिथि :- महान जनतन्त्रवादी क्रान्तिकारी समाजसेवी युवा नेता डाक्टर मनोज कुमार झा (डाक्टर मनोज मुक्ति “विवेक”)
(राष्ट्रिय अध्यक्ष जनतान्त्रिक तराई मुक्ति मोर्चा एवं राष्ट्र बचाउ अभियान तथा राष्ट्रिय नागरिक आन्दोलन समितिका वरिष्ठ केन्द्रिय नेतृत्व )

२) विशेष अतिथि :- वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने
(राष्ट्रिय संयोजक नेपालका लागि नेपाली अभियान एवं राष्ट्रिय नागरिक आन्दोलन समिती)

३) विशेष अतिथि :- वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारी
(वरिष्ठ अभियानी तथा केन्द्रिय नेतृत्व नेपालका लागि नेपाली अभियान एवं राष्ट्रिय नागरिक आन्दोलन समिति )

Previous Post

महाेत्तरीमा माेटरसाईकलकाे ठक्करले पैदल यात्रि गम्भिर घाईते

Next Post

महोत्तरी : स्कुल बसबाट विद्यार्थी खस्दा एक विद्यार्थीकाे घटना स्थलमा मृत्यु

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर २४, बुधबार १७:२१
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर २४, बुधबार १७:२१
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर २४, बुधबार १७:२१
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर २४, बुधबार १७:२१
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर २४, बुधबार १७:२१
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ मंसिर २४, बुधबार १७:२१

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति