MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

चन्द समूहको निगरानी बढाउन सेनामा निर्देशन

मधेशटप by मधेशटप
२०७७ मंसिर ३०, मंगलवार ११:२८
0
चन्द समूहको निगरानी बढाउन सेनामा निर्देशन

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरूलाई निर्देशन दिएका छन् ।

शान्तिसुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्न उनले पृतना, वाहिनी र गण– गुल्मपतिहरूलाई भनेका छन् ।

पछिल्लो पटक मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको चन्द समूहले अपहरणपछि घाँटी रेटेर हत्या गरेको थियो । त्यसको भोलिपल्ट २४ गते प्रधानसेनापति थापाले पूर्वी पृतना हेडक्वार्टर इटहरी र त्यस मातहतका युनिटमा पुगेर शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए ।

त्यसअघि मंसिर १६ देखि १८ सम्म थापाले उत्तर–पश्चिम र सुदूरपश्चिम पृतना हेडक्वार्टर तथा त्यसअन्तर्गतका जिल्लाका ब्यारेकको निरीक्षण गरेका थिए । सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले प्रधानसेनापतिको विभिन्न जिल्लाको भ्रमण क्रममा चन्द समूहका हिंसात्मक र संविधान, ऐन–नियमविरुद्धका गतिविधि नियन्त्रणमा सूक्ष्म निगरानी राख्न मातहत युनिटहरूलाई निर्देशन दिइएको बताए ।

मंसिर २४ गते प्रधानसेनापति थापाले पूर्वी पृतना हेडक्वार्टर र अन्तर्गत युनिटहरूको निरीक्षण गरेका थिए । बुधबार पाँचथरको भैरवी दल गण, ताप्लेजुङको भीमकाली गुल्म, संखुवासभाको रणभीम गुल्म र इटहरीस्थित पृतना हेडक्वार्टरको निरीक्षण गरेका थिए ।

२५ गते ओखलढुंगा र भोजपुरस्थित सैनिक ब्यारेकको भ्रमण गरेका प्रधानसेनापति थापाले त्यसअघि मंसिर १६ गते उत्तर–पश्चिम पृतना हेडक्वार्टर सुर्खेतसहित हुम्ला, कालीकोटलगायत जिल्लास्थित सैनिक ब्यारेकको निरीक्षण गरेका थिए । मंसिर १७ र १८ गते सुदूरपश्चिम पृतना हेडक्वार्टर र मातहत जिल्लाका ब्यारेक पुगेका थिए ।

थापाले पछिल्लोपटक निरीक्षण गरेका जिल्लाका विकट भू–भागमा चन्द समूहका गतिविधि बढेका छन् । त्यसैलाई मध्यनजर गर्दै थापाले यी जिल्लाका ब्यारेक पुगेर चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन भनेका हुन् ।

‘आफ्नो जिम्मेवारी क्षेत्रमा भएका सुरक्षासम्बन्धी विभिन्न चुनौतीलाई विश्लेषण तथा अनुगमन गर्ने सेनाको दायित्व नै हो,’ प्रवक्ता पौडेलले कान्तिपुरसँग भने, ‘यसमा प्रधानसेनापतिको भनाइ गैरसंवैधानिक बाटो र हिंसात्मक गतिविधिमा संलग्नहरूको बारेमा विशेष निगरानी राख्नुपर्छ भन्ने नै हो । यसबारेमा जानकारी लिइरहनुपर्छ भनेर प्रधानसेनापतिले भन्नुभएको छ ।’

मुलुकको समग्र शान्तिसुरक्षाको स्थितिबारे जानकारीमा राखिरहनु र आवश्यकताअनुसार प्रशासन र अन्य सुरक्षा निकायलाई साथरसहयोग गर्नु सेनाको ‘न्याचुरल ड्युटी’ भएको उनले स्पष्ट पारे ।

‘मातहत युनिटमार्फत आ–आफ्ना इलाकाको शान्तिसुरक्षालाई चुस्त र व्यवस्थित बनाउन जिम्मेवारी निर्वाह गर्नु हाम्रा लागि अनन्याचुरल होइन, हाम्रो जिम्मेवारीभित्रकै दायित्व हो,’ पौडेलले भने, ‘चन्द समूहका संविधान र ऐनरनियमविपरीतका गतिविधि निगरानी गर्न जरुरी पनि छ ।’

शान्तिसुरक्षा व्यवस्थापनमा स्थानीय प्रशासनलाई सेनाले सधैं साथ–सहयोग गर्दै आएको उनले बताए । प्रधानसेनापति विभिन्न युनिटको भ्रमणमा जाँदा यस्ता सहयोगलाई अझ प्रभावकारी बनाउन र प्रशासनलाई मागअनुसार सहयोग गर्न पनि निर्देशन दिइएको उनले बताए । ‘यसका लागि पनि तयार भएर बस्नुहोस् । हिंसात्मक गतिविधिमा संलग्न समूहहरूको निगरानीमा विशेष ध्यान दिनुहोस् भनेर प्रधानसेनापतिबाट स्पष्ट रूपमा निर्देशन भएको छ ।’

Previous Post

सुनको मुल्य घट्यो

Next Post

व्यावसायिक फूलखेतीमा महिला आकर्षित

Related Posts

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०७७ मंसिर ३०, मंगलवार ११:२८
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०७७ मंसिर ३०, मंगलवार ११:२८
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ मंसिर ३०, मंगलवार ११:२८
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर ३०, मंगलवार ११:२८
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर ३०, मंगलवार ११:२८
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर ३०, मंगलवार ११:२८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति