MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

जनतान्त्रिक सहितका राजावादीहरुले निर्णायक संघर्ष गर्ने उदघोष

मधेशटप by मधेशटप
२०७७ पुष ६, सोमबार १८:३९
0
जनतान्त्रिक सहितका राजावादीहरुले निर्णायक संघर्ष गर्ने उदघोष

काठमाडौँ : आज मिति २०७७/०९/०५ गते आइतबार समाननीय प्रधानमन्त्रिद्वारा मन्त्रिपरिषद बैठकको सिफारिस भएको बर्तमान संसद विघठन सम्बन्धि प्रस्ताव समाननीय राष्ट्रपतिद्वारा स्वीकृत गरिएबाट उत्पन्न जटिलताका विषयमा राष्ट्रवादी देशभक्त संघ तथा संस्थाहरुको गम्भिर ध्यानाकर्षण भएकोले आकस्मिक संयुक्त विशेष वैठकद्वारा तपसिल बमोजिमको संयुक्त प्रेस बिज्ञप्ति जारि गर्ने निर्णय गरियो ।

१) नेपाललाई विभिन्न राजनीतिक वादहरुको प्रयोगशाला बनाई हरेक दृष्टिकोणले अस्थिर र असफल राष्ट्र उन्मुख बनाईदै आएको सर्वविदितै छ । मिति २०७७/०९/०५ गते रविवार मन्त्रिपरिषदको सिफारिसमा समाननीय प्रधानमन्त्री श्री खडगप्रसाद ओलीद्वारा वर्तमान संसद विघठन सम्बन्धी प्रस्ताव समाननीय राष्ट्रपति ज्युद्वारा स्वीकृत भएकोमा सो कार्य अदृश्य आडमा असंबैधानिक तरिकाले स्वीकृत गराएबाट समेत विद्यमान व्यवस्था र संविधान असफल भएको तथा सरकार र राजनीतिक नेतृत्व-पंक्ति समेत आफै असक्षम सावित भएको ठहर गरियो ।

२) वर्तमान बहुमतिय सरकारबाट यस्तै अपारदर्शी, निरंकुश, अधिनायकवादी र असंबैधानिक कदमहरु चालिदै आएबाट राष्ट्रमा अराजकता, सामाजिक द्वन्द, अवाच्छिनिय चलखेल समेतका कारण राष्ट्रिय संकट बढदै जाने आखलन नै नगरी सर्वपक्षीय सहमति नै नगरी ताजा जनादेशको नाम र षड्यन्त्रमा देश पुन: अस्थिर राजनीति र अनिर्णयको बन्दि हुने देखिएको छ । इतिहास त्यहिरुपमा दोहारिदैन । २१औं शताब्दीको विश्व परिवेशमा आवश्यक सुधार सहित राष्ट्रवादको जगमा रहने “संवैधानिक राज-संस्था सहितको जनतन्त्र” वैकैल्पिक राजनैतिक अवधारणा हो । राष्ट्रिय एकताका प्रतिक राज-संस्था, राष्ट्रिय सेना र नागरिक-बल अबको वैकल्पिक शक्ति हुन् । षड्यन्त्रपुर्वक धर्म-निरपेक्ष, संघीय गणतन्त्र घोषणा पछि संवैधानिक राज-संस्थाबाट जनताको नासोको रुपमा तत्कालिन सरकारलाई केहि समय सुरक्षित राखिदिन जिम्मा दिईएका राज-दण्ड र राज-मुकुट स-सम्मान फिर्ता गराई पाउन र राज-संस्थाको अभिभावकत्वमा सर्वपक्षीय राष्ट्रिय सरकार गठन गरि अमन चयन कायम गर्न र स्वतन्त्र निस्पक्ष प्रजातान्त्रिक/जनतान्त्रिक पद्धति बाटै निर्वाचन सम्पन्न गराउनु देशको पहिलो कर्तब्य हो ।

३) अहिलेकै अवस्था र व्यवस्थामा निर्वाचनमा जानु भनेको विदेशी प्रभुहरुलाई खुशी पार्नु र देश र जनतालाई थप ऋण र करको बोझमा दबाउनु हो । अत: राष्ट्रिय एकता र क्षमादान नीतिको असरदार कार्यवाहीको समेत मध्येनजर गरि देश विरुद्धका अक्षम्य अपराधमा, अकुत भ्रष्टाचारमा संलग्न सबैलाई कानुन बमोजिम हदैसम्मको कार्यवाही हुनु न्यायोचित हुनेछ ।

४) उपयुक्त समय आईसकेको ठहर गरि देशलाई सनातन संस्कृति र संवैधानिक प्रबल राज-संस्था र जनतन्त्र नै २१औं शताब्दीको नेपालको पहिचान, बिकाश र स्वाधिनताको लागि औचित्यपूर्ण ठहर गर्दै तत्काल सर्वपक्षीय राजनीतिक सहमति जुटाई हिमाल, पहाड र तराई-मधेश का सम्पूर्ण राष्ट्रवादी, देशभक्त लगायत जनतन्त्र-प्रेमीहरु मातृभूमि नेपालको राष्ट्रिय झन्डाको मुनि गोलबद्ध भई जस्तोसुकै एतिहासिक कदमका रुपमा संयुक्त नागरिक आन्दोलनको आगामी कार्यक्रमहरुमा स-सक्त रुपमा संचालन गर्न-गराउन समेत सबैलाई समेटेर यथाशिघ्र नेतृत्व-पंक्तिहरुको चयन तथा जिम्मेवारी निश्चित गरिनेछ ।

आदरणिय नेपाली दाजु भाई दिदीबहिनीहरुको सक्रिय साथ र सहयोगका लागि अपिल समेत गर्दछौं ।

भवदीय,
१) डा. ठाकुरमोहन श्रेष्ठ :- राष्ट्रिय संयोजक (नेपाल नागरिक अभियान)
२) डा. मनोज कुमार झा :- राष्ट्रिय संयोजक (राष्ट्र बचाउ अभियान)
३) दिनेश कंडेल :- राष्ट्रिय सह-संयोजक (शिव सेना नेपाल)
४) पुर्व मन्त्रि सुसिल शेरचन :- महा-मन्त्रि (नेपाली कांग्रेस,बिपी)
५) हेमाबिक्रम सिलवाल :- संयोजक (स्वतन्त्र नागरिक समाज)
६) शेखरजंग रायमाझी :- संयोजक (पुनरुत्थानवादी शक्ति नेपाल)
७) एस तुलाधर :- क्षेत्रीय सभापति (सनातन संस्कृति समाज नेपाल)
८) श्रीमती उमा श्रेष्ठ “हिमा” :- राष्ट्रिय अध्यक्ष (राष्ट्रवादी एकता पार्टी)
९) दिवाकर बिक्रम शाह :- संस्थापक (बहादुर शाह प्रतिष्ठान)
१०) मुनिन्द्र राजभन्डारी :- संस्थापक संरक्षक (शाही शक्ति नेपाल)
११) डा आत्माराम उप्रेती :- ज्योतिषविद (विश्व हिन्दु एकता परिषद)
१२) मिनराज गुरुङ :- राष्ट्रिय संयोजक (राष्ट्रिय जनजागरण अभियान)
१३) अनिल कुमार थापा :- वीर गोर्खाली
१४) हरिहर शर्मा :- संयोजक (स्वतन्त्र राष्ट्रवादी एकता मंच)
१५) श्रीकृष्ण श्रेष्ठ :- संयोजक (शाही युवा शक्ति, नेपाल)
१६) सुरेन्द्रजंग रायमाझी :- केन्द्रिय अभियन्ता (नेशनल मुभमेन्ट)

जारी मिति :- २०७७/०९/०६ गते सोमबार

Previous Post

कोरोनाबाट विश्वमा एक हप्तामा ७२ हजार जनाले गुमाए ज्यान

Next Post

कतारको राष्ट्रिय दिवसको अवसरमा एनआरएनए कतारद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

Related Posts

मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ पुष ६, सोमबार १८:३९
पूर्वराजा ज्ञानेन्द्र आज काठमाडौं आउँदै
राष्ट्रिय

पूर्वराजा ज्ञानेन्द्र आज काठमाडौं आउँदै

२०७७ पुष ६, सोमबार १८:३९
‘मैथिली भाषा सङ्कटमा’
Banner News

गणतन्त्र स्थापनाको १६ वर्ष : अहिले पनि अनुसन्धानकै गर्भमा छन् योद्धाहरु

२०७७ पुष ६, सोमबार १८:३९
बोदे बर्साईनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न
देश

बोदे बर्साईनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न

२०७७ पुष ६, सोमबार १८:३९
श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न
देश

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

२०७७ पुष ६, सोमबार १८:३९
बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन
देश

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

२०७७ पुष ६, सोमबार १८:३९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति