चितवन, २१ पुस (मधेश टप):- आज चितवन राष्ट्रिय निकुन्जमा गैँडाको आक्रमणबाट एक जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी वासिन्दा ४० वर्षीया माया तामाङ रहेकी छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङलाई आज दिउँसो गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको निकुञ्जले जनाएको छ । स्थानीय छ जना महिला मिलेर घाँस दाउरा काट्न गएकोमा उनलाई गैँडाले आक्रमण गरेको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।