काठमाडौँ : बलिउड फिल्म उद्योगमा थुप्रै यस्ता अभिनेत्रीहरु छन् जसको सुन्दरताले क्षणभरमै दुनियाँलाई घायल बनाइदिन्छ । केही यस्ता अभिनेत्रीहरु छन् जसले ९० को दशकदेखि अझैसम्म लगातार बलिउडमा राज गर्दै आएका छन् ।

उनीहरु आज पनि करोडौं दर्शकको दिलमा बस्न सफल छन् । ४० वर्ष कटिसकेका ती अभिनेत्रीहरु अझै पनि युवा अवस्थाका अभिनेत्रीहरुको मुकाबिलामा अग्रस्थानमा छन् ।

उमेरले नेटो काटिसकेपनि आफ्नो शारीरिक बनावट र सुन्दरतालाई कायम राख्न सफल यी अभिनेत्रीहरुको सुन्दरताको अगाडि जवान अभिनेत्रीहरुको सुन्दरता फिक्का देखिन्छ ।

ऐश्वर्या राय

ऐश्वर्या राय ४६ वर्षकी भइन् । उनको सुन्दरता पनि उत्तिकै ताजा छ ।

ऐश्वर्या राय

मलाइका अरोरा,

बिवादमा आउन रुचाउने नायीकामा मलाइका अरोराको नाम अगाडी नै आउँछ । आफु भन्दा धेरै कान्छा अर्जुन कपुरसँग लभ अफेयरको कारण चर्चामा आएकी मलाइकाकाे सुन्दरताले धेरैलाई फिक्का बनाएको छ ।

मलाइका अरोरा

ट्विङ्कल खन्ना

ट्विङ्कल खन्ना सुन्दरतामा घायल हुेनको संख्या ठुलो छ । यी अभिनेत्रीको दाँजोमा अझै नयाँ नायिकाशरू आउन सकेका छैनन् । ४०/५० बर्ष नाघ्दापन यी नायिकाको सुन्दरताको चर्चा चलिरहन्छ ।

ट्विङ्कल खन्ना

माधुरी दिक्षित 

माधुरी दीक्षित आज पनि यति सुन्दर छिन् कि उनको अगाडि अन्य अभिनेत्रीको सुन्दरता फिक्का लाग्छ

माधुरी दिक्षित

शिल्पा शेट्टी

बलिउडकी योगा गर्ल शिल्पा पनि ४० कटेकी नायिका हुन् । राज कुन्द्रा सँग दोस्रो बिबाह गरेर बिवादमा आएकी यी नायिकाको सुन्दरतामा फिदा हुनेकाे संख्या पनि कम छैन् ।

शिल्पा शेट्टी

काजोल

काजोल बलिउडकी चर्चित नायिका, आदर्श श्रीमती र आमा हुन् । ४० कटिसके पनि उनको सुन्दरतामा अहिलेसम्म पनि कमी आएको छैन ।

रबिना टण्डन 

अक्षय कुमारसँगको लभ अफेयरका कारण चर्चामा आउने रबिना टण्डनको सुन्दरतामा पनि कुनै खोट लगाउने ठाउँ छैन । ४० वर्ष कटिसकेपनि उनको सुन्दरताको प्रशंशा गर्ने धेरै फ्यानहरु छन् ।