सप्तरी, ०८ चैत (मधेश टप): राजविराज हनुमाननगर सड्क खण्डमा आइतबार दिउँसो मोटरसाईकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर ४ वस्ने जिवछ मण्डलको १५ वर्षीय छोरा विवेक कुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लले जानकारी दिए ।

पूर्वबाट पश्चितर्फ जाँदै गरेको ओनटेस्ट नम्वरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भाएको हो । सोही मोटरसाईकलमा पछाडि सवार जिल्लाकै हनुमाननगर कंकालनि नगरपालिका वडा नम्वर १० इनर्वा वस्ने हरि सुन्दर मण्डलको १५ वर्षीय छोरा कौशल मण्डल गम्भीर घाइते भएका छन् । उनको गजेन्द्र नारायण सिंह अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि विराटनगर पठाईएको प्रहरीले जनाएको छ । दुर्घटना भएको मोटरसाईकल अस्थाई प्रहरी पोष्ट तेतरिगाछीको नियान्त्रणमा रहेको छ ।