छोरी जन्मियो दु: खान्त पार्‍यो ।
छोरा जन्मियो उत्सव मनायो ।

छोरीको हातमा चुलो चौका ।
छोराको हातमा कालम कापी ।

छोरीको हातमा घरको हुर्मत।
छोराको हातमा सम्पत्तिको कागज ।

छोरीको हातमा गहना ।
छोराको हातमा शिक्षा ।

ज्वाइँ चाहियो जागिरे ।
छोरी राहेछ निर्बुद्धि।

बुहारी घरको कुलक्षणी ।
छोरी घरको लक्ष्मी ।

छोरा जोरुको गुलाम ।
ज्वाइँ चाहिँ रक्स्याहा।

छोराले वंश जोगाउँछ रे।
छोरीले वंश डुबाउँछ रे।

✍️सन्जु साह
रुपनी गा. पा.-2
पिपराही,सप्तरी