एजेन्सी: चक्रवाती आँधी ताऊ ते गुजरातमा कमजोर भएर अघि बढिरहेको छ । तर यसअघि यसले मुम्बईसमेत महाराष्ट्रको तटवर्ती जिल्लामा विध्वंश मच्चाएको छ । यसैबीच मुम्बइको समुद्रमा फसेको ४ जहाजमा विार ७१३ मानिसहरुमध्ये ६२० जनाको उद्धार गरिएको छ । यीमध्ये बार्ज पी ३०५ डुबेको छ जसमा सवार ७५ भन्दा बढी मानिस अहिले पनि हराइरहेका छन् । नेवीका अनुसार हालसम्म १४ शव भेटिएका छन् र यो जहाजबाट १८४ जनाको उद्धार गरिएको छ ।

समुद्रमा फसेका चार जहाज, त्यसमा सवार मानिसहरुको स्थिति

जहाज                   यतिजना सवार       यतिको उद्धार

बार्ज पी३०५               २७३                १८०

जीएएल कन्स्ट्रक्टर        १३७                १३७

बार्ज एसएस–थ्री           २०२               सबै सुरक्षित

सागर भूषण                 १०१                १०१