एजेन्सी :  अफगानिस्तानमा जबदेखि तालिबानको वापसी भयो त्यहाँ सबै कुरा बदलिएको छ । अशान्तिको वातावरण छ र सबै देश छोडेर टाढा जान चाहन्छन् । स्थिति यस्तो भएको छ कि अहलिे एयरपोर्टमा मानिसहरुको जमात छ तर उनीहरुलाई लिएर जानेवाला फलाइट मिसिंग छ ।

 

तर केही भाग्यशाली यस्ता पनि छन् जो यो देश छोड्न सफल भएका छन् । यस्तै एक कलाकार हुन् अर्याना सईद जसलाई अफगानिस्तानको सबभन्दा ठूलो पप स्टार मानिन्छ ।अर्याना सइदले खुद सोशल मिडियामार्फत यो जानकारी दिइन् कि उनले अफगानिस्तान छोडेकी छन् । उनको तर्फबाट भनिएको छ कि उनी केही रातदेखि निकै चिन्तित थिइन् तर उनी जिउँदो बाचिन् र देश छोड्न सफल भइन् ।

उनी भन्दछिन् कि म जिउँदो छु र केही नभुल्ने रातहरु पछि दोहा पुगेकी छिन् । अब इस्तानबुल जाने तयारी गरिरहेकी छु । एकपटक म घर पुगुँ र खुदलाई सामान्य गरु फेरि तपाईलाई बताउनको लागि मसँग कैयौं कहानीहरु छन् ।अर्यानाले यस कुराको पनि खुलासा गरिन् कि उनले सबभन्दा पछाडि अफगानिस्तान छोडेकी हुन् । उनले आफनो पुरानो प्रतिज्ञा निभाएकी छिन् कि जहाँ उनले भनेकी थिइन् कि उनले आफ्नो धर्तीलाई सबभन्दा आखिरमा छोड्नेछिन् ।

 

अहिले अर्यानाले आशा देखाएकी छिन् कि अफगान मानिसहरु शान्तिसँग जिउन पाउनेछन् । उनीहरुलाई कुनै पनि सुसाइड बम्बरले कुनै दुःख दिनेछैन ।