काठमाडौं । गायिका इन्दिरा जोशीले फेशनडिजा इनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन्।

माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी गायिका जोशीले फेशन डिजाइनर केडियासँग इन्गेजमेन्ट गरेकी हुन्।

हेलिकप्टरमा खुम्बु पुगेका उनीहरूले उत्रिनेबित्तिकै इन्गेजमेन्ट गरेका थिए । उनीहरूको इन्गेजमेन्ट भएको भिडियो टिकटकमार्फत सार्वजनिक भएको छ।

उनीहरुको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटकमार्फत सार्वजनिक गरेका हुन्। आफूले सार्वजनिक रुपमा अहिलेसम्म यो विषयमा केही नबोलेकी इन्दिरालाई बधाईको ओइरो लागेको छ।