मधेशटप, मंसिर २८ गते ।

 जनकपुरधाम : नेपाली चलचित्र क्षेत्रमा नव नायिकाहरुको कमी छैन । नायिकाहरुको कुन बेला चर्चा हुन्छ र कुन बेला बिवाद हुन्छ भन्ने अत्ताेपत्ताे हुदैन् । तीमध्ये कतिले चलचित्र क्षेत्रमा सुरुवातमा नै सफलताको स्वाद चाखेका छन् भने कति संघर्षकै क्रममा छन् ।

नायिकाहरुले आफनो पहिलो प्रयासमा नै दर्शकको मन जिते छन् । कतिले अभिनयमाफर्त त कतिले सुन्दरतामार्फत । तीनै नायिकाहरुलाई कतिले बलिउड नायिकाहरुसंग तुलना पनि गर्छन अभिनयको हिसावले होईन रुपको हिसावले । ती नायिकाहरुलाई धेरैले बलिउड नायिकाको उपनाम दिएका छन् ।

नेपाली चलचित्र क्षेत्रमा थुप्रै चलचित्रमा काम गरेर पनि खासै सफलता पाउन नसकेकी नायिका बर्षा सिवाकोटीलाई पनि सनि लियोनी जस्तै देखिने नायिका भनेर चर्चा गरिन्छ ।

उनले ग्लामरस तरिकाले गरेको फोटोसुटहरुमा उनी केही हदसम्म सनि लियोनी जस्तो देखिन्छिन भन्ने धेरैको धारणा पाईएको छ । तर उनलाई कसैले आफुलाई सनि लियोनी जस्तो भनेर गरेको टिप्पणी मनपर्ने बताएकी थिईन् ।


कृ चलचित्रबाट डेब्यु गर्न लागिरहेकी नायिका अदिती बुढाथोकीलाई पनि बलिउडकी चर्चित नायिकाको उपनाम दिईएको छ । सामाजिक सञ्जालमा निकै सक्रिय अदितीलाई धेरैले सनी लियोनी जस्तो भनेका छन् भने कतिले कैटरिना कैफ जस्तो । खास गरेर उनको बोल्ड तस्बिरका कारण सनीसँग तुलना गरिएको हो ।

तर उनी भने आफुलाई कुनै बलिउड नायिका जस्तो छु भन्नेमा भने विश्वास छैन । बलिउडका केही म्युजिक भिडियोहरुमा समेत काम गरेकी उनी बलिउडमा पनि संघर्षको क्रममा नै रहेकीछिन् ।