एजेन्सी : दक्षिणपूर्वी इंगल्याण्डको बर्कशायर सहरमा एक जोडीबीच सम्भोगकाे क्रममा पलङ भाँचिएपछि उच्च अदालतमा मुद्दा दर्ता भएकाे छ। ती दम्पत्तिले सम्भोगका क्रममा सावधानी नअपनाउँदा ठूलै दुर्घटनाकाे सामना गर्नु परेकाे हाे ।

 

समाचार अनुसार जोन नामका पुरुष उनकी क्लेयर नामकी पार्टनरसँग सम्भोगमा लीन थिए । तर एक्कासी उनीहरु यौनक्रिडा गरिरहेको पलङ भाँच्चियो र भुइँमा बजारिन पुगिन् ।

 

सेक्स गर्दा पलङ नै भाँचिएपछि उत्तानो परेकी महिला भुइँमा बजारिँदा गम्भीर घाइते भएकी छिन् । उनको मेरुदण्डमा चोट लाग्दा उनको शरीर प्यारालाइज्ड भएको छ ।

 

सेक्स गर्दा पलङ भाँचिएर जिउ नै नचल्ने भएकी ती महिलाले पलङ बनाउने कम्पनी विरुद्ध मुद्दा हालेकी छिन् । उनले केही दिनअघि मात्र उक्त बेड खरीद गरेकी थिइन् ।

 

लण्डन उच्च अदालतमा यो मुद्दामा सुनुवाई भएको छ । उनले पलङकै कमजोरीका कारण दुर्घटना भएको दाबी गरेकी छिन् । पलङ उत्पादक कम्पनीले भने यस्तो आरोप अस्विकार गरेको छ ।