जनकपुरधाम : “सम्भोगको अर्थ भनेकै दुवैले समान रूपमा भोग्ने वा यौनको आनन्द पाउनु भन्ने हो । एकले आनन्द प्राप्त गर्दै गर्दा अर्कोले पनि आनन्द प्राप्त गरोस र एकको सन्तुष्टि दोस्रोको चरम सन्तुष्टि बन्न सकोस । सेक्समा भरपुर सन्तुष्टिका लागि मस्तिष्क र शरीरका बीच तालमेल एकदमै आवश्यक छ । यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुका बीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छन । यौनसम्पर्कमा पुरुष र महिला दुवैको उत्तिकै सहभागिता हुनुपर्छ । दुवैले यौनसम्पर्कका बेला यौन आनन्द प्राप्त गर्नु आवश्यक छ ।

 

अग्र्याजम, चरम सुख वा चरमोत्कर्षको अर्थ सम्भोग गर्दा प्राप्त हुने तीव्र र आनन्ददायी शारीरिक सुख हो । हस्तमैथुनद्वारा पनि चरमसुख प्राप्त गर्न सकिन्छ । हरेक व्यक्तिको अग्र्याजमको अनुभूति फरक हुन्छ । मनका थुप्रै भावना वर्णन गर्न नसकिए जस्तै अग्र्याजमलाई पनि यही हो भनेर वर्णन गर्न सकिन्न ।

पुरुष वीर्य स्खलन हुँदा चरमोत्कर्षमा पुग्छन् । तर, महिलाको चरमसुख अलिक जटिल प्रकृतिको हुन्छ । चरमोत्कर्षमा पुग्दा मुटु जोडजोडले चल्छ अर्थात् यसको गति दु्रत हुन्छ । श्वासप्रश्वासको गति पनि द्रुत हुन्छ ।

महिलाको चरमसुख पुरुषको भन्दा पृथक र जटिल हुन्छ । योनीका मांसपेशीहरूमा खिचाव आउँदा महिलालाई चरमसुखको अनुभूति हुन्छ । तर, हरेक सेक्समा महिलाले चरमसुख प्राप्त गर्छिन् भन्ने हुँदैन । महिलाको चरमसुख उनको पुरुष साथीको यौन दक्षता र आफ्नो शारीरिक र मानसिक अवस्थामा निर्भर गर्छ । भनिन्छ, २० देखि २५ प्रतिशत महिलाले मात्रै चरमसुख प्राप्त गर्छन् । सम्भोग गर्दा महिलाको योनीका ‘क्लिटोरिस’ र ‘जी स्पट’ उत्तेजित भए भने महिलाले चरमसुख प्राप्त गर्छिन् । यौनसम्बन्धी ज्ञानको कमी र खुलेर कुरा गर्न नसक्नुले धेरै महिला चरमसुखबाट वञ्चित हुन्छन् । केहीलाई त जिन्दगीभरि अग्र्याजमको स्वादै थाहा हुँदैन ।

मधुमेहका रोगी, मानसिक रोगी, हाइपर टेन्सनको औषधि सेवन गरिरहेकाहरू, ‘साइकोजेनिक’, अत्यधिक मद्यपान गर्नेहरू र लागुऔषध सेवन गर्नेहरूको यौन जीवन गतिलो हुँदैन । डिप्रेसनमा गएको व्यक्तिको सेक्स लाइफ पनि लथालिङ हुन्छ । अनावश्यक चिन्ताले पनि यौन जीवन दिन प्रतिदिन बिगारिरहेको हुन्छ ।

डिप्रेसन महिला–पुरुष दुवैमा सेक्स समस्या पैदा गर्ने एक प्रमुख कारण हो । डिप्रेसनबाट पीडित अधिकांश स्त्री–पुरुष दुवैलाई सेक्सप्रति रुचि हु“दैन । डिप्रेसनले यौन इच्छामा कमी ल्याउनुका साथसाथै यौन प्रक्रियामा समेत असर गर्ने गर्छ । डिप्रेस्ड महिलामा यौन इच्छामा कमी तथा चरमोत्कर्षमा समस्या देखा पर्न सक्छ भने डिप्रेस्ड पुरुषमा यौन इच्छा तथा यौन क्षमतामा कमी आउन सक्छ । डिप्रेसनका कारण लिंगमा कडापना नआउने तथा शीघ्र पतनको समस्या पनि देखा पर्न सक्छ । यस्ता समस्याले डिप्रेसन झन् बढ्ने गर्छ । सेक्स समस्याबाट पीडित व्यक्तिले कतै आफू डिप्रेसनबाट पीडित त छैन भन्ने कुराप्रति ध्यान दिनु पर्ने हुन्छ ।

डिप्रेसनमा गएकाहरूको उत्साहहीनता र ऊर्जाहीनताका कारण शारीरिक क्षमतामा पनि कमी आउँछ र सेक्स प्रक्रियामा अवरोध देखा पर्छ । सेक्स प्रक्रियामा कठिनाइ, नकारात्मक विचार तथा अनावश्यक शंका–उपशंकाका कारण पतिपत्नीको सम्बन्ध नै धरापमा पर्न सक्छ । परिवार नै भताभुंग हुन सक्छ । डिप्रेसन जटिल बन्यो भने सेक्स लाइफ मात्र होइन, सिंगो जिन्दगी बर्बाद हुनसक्छ । त्यसैले धेरै चिन्ता लिने र यौन सन्तुष्टि भएन भनेर थप चिन्ता बढाउने गर्नेले समस्या झनै जटिल बन्दै जान्छ । यौन सन्तुष्टिका लागि मानसिक रूपमा सन्तुष्ट हुने अवस्था सिर्जना गर्नुपर्छ । पार्टनर, परिवेश, ‘फोरप्ले’लगायत पक्षमा ध्यान दिनसके यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ ।

चरम आनन्दको अवस्था

सर्बप्रथम त यौन आनन्द प्राप्तिका लागि यौन सम्पर्क राख्ने चाहना हुनुपर्छ । चाहना भएन भने जबर्जस्ती गरिने यौन सम्पर्कले सन्तुष्टि दिन सक्दैन । यसमा कल्पना, दृश्य, आवाज, बासना, कुराकानी, स्पर्श, अश्लील चित्र, चलचित्र हेर्दा उत्पन्न हुने यौनचाहना आदि पर्छन् ।

महिलाको तुलनामा स्वभावले नै पुरुष यौन आकर्षणमा उत्तेजित हुँने हुँदा उत्तेजित पुरुषको शरीरमा रक्तचाप केही बढेको, मांसपेशीहरू केही कस्सिएको, सामान्य यौनरस स्खलन तथा यौनांगहरूको आकार बढ्ने र सक्रिय हुन थालेको अनुभव हुन्छ ।

उत्तेजित अवस्थामा शारीरिक हाउभाउ अनुसारको सञ्चार भएको हुन्छ । श्वास प्रश्वास, मुटुको चाल र रक्तचाप अत्यधिक बढेको हुन्छ । योनी र लिंगबीचको अत्यधिक घर्षणले यौनरस निस्कन्छ । महिलाको पाठेघरको टुप्पो पेटको केही माथि उठेको, योनी उठेको, यौनीकै क्लिटोसी केही नपुगेको र पुरुषको अन्डरस शरीरमा टाँस्सिएको हुन्छ ।

जब यौन सम्पर्क गर्दा बिर्य स्खलन हुन्छ यति बेला चरम आनन्द प्राप्त हुने गर्दछ। यो अवस्थामा दुवैजनाले स्वर्णिम आनन्दको अनुभव गर्छन् । शरीरमा रहेको इन्डोफिरिन्स नामक रासायनिक पदार्थले शरीरलाई यौनमा सक्रिय बनाउन सहयोग गरिरहेको हुन्छ । तर मानसिक सक्रियताले मात्र यौनमा चरम आनन्द प्राप्त गर्न सकिन्छ । यौन आनन्द दुवैले पाउनुपर्छ । चरम आनन्दको बेला यौनमा सक्रिय अंग र मांसपेशी अनियन्त्रित भएका हुन्छन् । श्वासप्रश्वास, मुटुको चाप र रक्तचाप अत्यधिक बढेको हुन्छ ।

बिर्य स्खलन पश्चात शरीरमा यौन मांसपेशी निष्क्रिय जस्तै भएर सुस्ताएका हुन्छन् । अर्थात् पहिलेकै अवस्थामा फर्किसकेका हुन्छन् । महिलाभन्दा पुरुष धेरै गलिसकेका हुन्छन् ।
(यौनका कुरा)”

0000