मधेशटप, फागुन २ गते
जनकपुर ,मधेश प्रदेशको राजधानी जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश कार्यालय स्थापना गरेको छ ।
आइतबार जनकपुरधाममा एक कार्यक्रमका बीच अध्यक्ष महन्थ ठाकुरले प्रादेशिक कार्यालयको समुद्घाटन गरेका हुन् । लोसपा प्रदेश कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले मधेशको मुद्दा स्थापित गर्न निरन्तर आन्दोलनको आवश्यकता रहेको बताए ।
त्यस्तै वरिष्ठ नेता सरतसिंह भण्डारीले मधेश र मधेशीको समस्या समाधानका लागि अझैपनि आन्दोलनको आवश्यकता रहेको सो कार्यक्रममा लोसपा नेपालका प्रमुख सचेतक एवं पूर्व मन्त्री उमाशंकर अरगरिया समेत सहभागी थिए ।
यस्तै मधेश प्रदेश पार्टीका अध्यक्ष जितेन्द्र सोनल, धनुषा अध्यक्ष तथा प्रदेश सांसद परमेश्वर साह, सांसदहरु अभिराम शर्मा, प्रदेश सचिव रामबिनोद चौधरी, पुर्व सांसद दिनेश साह, संघीय सांसद उमाशंकर अरगरिया, संसदीय दलको उपनेता रानी तिवारी लगायतका नेताहरु पनि उपस्थित थिए ।
Discussion about this post