जनकपुरधाम : टिकटक यतिबेला सबैमाँझ लोकप्रिय बन्दै गइरहेको छ । टिकटक एपबाट नै लाखौ, करोडौ कमाउने नेपालीहरु नै छन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । के बुढा के बच्चा अझै युवा पुस्ता माँझ त टिकटक यति लोकप्रिय बनेको छ कि कुरै नगरौं । टिकटकमा भिडियो हाल्ने, आफूले जानेको कला देखाउने मात्र नभएर पछिल्लो समय टिकटकमा बिकृतिहरु पनि देखिएका छन् ।

यसैबीच यतिबेला टिकटकबाट कमाउने होडबाजी पनि चलेको छ । के टिकटकबाट कमाई हुन्छ त ? धेरै माँझ यही जिज्ञासा पनि छ । राजकानी काठमाडौ सतुँगलकी मन्दिरा ढुंगाना दिनमा दुई पटक लाईभ बस्छिन् । उनले आफ्नो दैनिक कमाई र मासिक कमाई पनि मिडियामा देखाईन् । मन्दिराले पैसा कमाएर काठमाडौमा गतिलो घडेरी किनेकी छिन् ।

दुखीहरुलाई सहयोग गर्न थालेकी छिन् । उनले एक बिरामी बच्चालाई रु ५० हजार दिइन् । धुर्मुस सुन्तली फाउण्डेशनलाईपनि सहयोग दिने बाचा गरेकी छिन् । टिकटकबाटै कमाएर आफूले काठमाडौंमा जग्गा किनेको बताउँदै मन्दिराले टिकटकबाट कमाई हुँदैन भन्ने कुरा झुट रहेको बताईन् ।

उनले कमाई हुने ग्यारेण्टी गर्दै आफ्नो कमाईको सूची नै मोबाइलबाट देखाइन् । हेर्दा महिनाको हजार डलरभन्दा माथी नै आइरहेको देखिन्छ । त्यो भनेको एक लाख भन्दा माथी हो ।टिकटकबाट यति कमाए, उति कमाए भन्दै बिभिन्न लाईभ होस्टरहरु मिडियामा आईरहँदा सामाजिक भावले मन्दिरा ढुँगाना पनि आएकी छिन् । मन्दिरा आफूले टिकटकबाट अहिलेसम्म एक करोड भन्दा बढि कमाएको बताउँछिन् ।

उनले मैले टिकटक बाट यति रकम कमाए भन्दा सबैको प्रश्न थियो कि कहाँ कमाईन्छ यति धेरै ? उनले आफूले कमाएको पैसा दुखि गरिबको लागि पनि आबश्यक खाने कुरा लत्ताकपडा दिएको बताउछिन् ।शिशिर भण्डारीको सहायताबाट एक पिडित महिलालाई उनको छोराको लागि मन्दिराले ५० हजार सहयोग गरेको भिडियो पनि देख्न सकिन्छ। अर्को होस्ट अँशुबर्माको बिषयमा पनि मन्दिरा बोलिन् ।

हो टिकटक बाट दैनिक धेरै कमाई हुन्छ मेरोलागि म एक टाईम लाइभ बसेको पैसाले मलाई पुगेको छ ,त्यसैले म दिनभरी लाइभ बस्दैन। अँशुबर्मा दिनभरी लाइभ बस्नु हुन्छ मलाई बिश्वास लाग्छ उहाले भने जति पैसा कमाउनु हुन्छ।

उनी काभ्रेपलान्चोकमा जन्मिएकी हुन् । उनका बाबु इन्द्रप्रसाद ढुंगाना र आमा पूर्णमाया ढुंगाना अहिलेपनि काभ्रेमा नै छन् । तर उनी काठमाडौमा बस्छिन् । छोरीको कमाईले बाबु आमा आफन्त सबै चकित बनेका छन् । उनी २२ बर्षकी भएकी छिन् । उनले कक्षा १२ बर्ष मात्र पास गरेकी छिन् । यो भन्दा माथी पढ्न नपाएको उनको भनाई छ ।