काठमाडौं— पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय मोडल आर्यन कार्की अभिनित वियोगान्त लोकदोहोरी गित “सम्झिएर रोउला” सार्बजनिक भएको छ।

पछिल्लो अभिनयमा व्यस्त रहेका कार्किले अभिनय गरेका “मेलम्चिको पानी ” राम्री राम्री तरुनि” बोलाइदेउ मलामी” ` माया धेरै होस´ `सुनन´ ‘मिरमिर बिहानी’ लगायत अन्य थुप्रै गितले दर्शक को मन जित्न सफल भएको छ। त्यस्तै सार्बजनिक गितले पनि दर्शक को मन जित्ने उनको बिस्वास छ।

गायक प्रेमदिप रामजालि  र चर्चित गायिका सुमित्रा सत्यालको स्वरमा रहेको उक्त गीतमा गायिका  सत्यालकै शब्द तथा  संगीत रहेको गितलाई नारायण दङ्गालले एरेन्ज गरेका हुन भने MF स्टुडियोमा सोजिता अधिकारीले रेकर्ड गरेका छिन ।

सार्वजनिक गीतको भिडियोमा सन्तोष तिमल्सिनाको छायाँकन रहेको छ भने भिडियोलाई रोशन धितालले सम्पादन गरेका छ्न। उक्त भिडियोमा उनै लोकप्रिय मोडल आर्यन कार्की ,अनिता पौडेल ,अबिनाश खाति , सन्तोषि थापा ,शुभराम श्रे्ष्ठ लगायतको अभिनयलाई देख्न सकिन्छ।यस भिडियोलाई मिलन श्रे्ष्ठको निर्देशन रहेको ।

उक्त गीतको भिडियो Chautari Rodhighar Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ । हेर्नुस भिडियो……