मकवानपुर प्रहरीले ९६ किलो ८४० ग्राम लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका–९ घैराङबाट त्रिभूवन राजपथको चुनियाँ बजार तर्फ आउँदै गरेको ना २ ह ३५३६ नम्बरको अटो चेकजाँचका क्रममा ९६ किलो ८४० ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Discussion about this post