जनकपुरधाम । जसपा नेपालबाट महन्थ ठाकुरसहित शिर्ष नेताहरु पार्टी फुटाए पस्चात जसपाका संघीय परिषद अध्यक्ष डा . बाबुराम भट्टराई तत्कालीन महन्थ ठाकुरको ठाउँमा आफू बस्ने, हिसिला यमी र गंगानारायण श्रेष्ठलाई मंत्री बनाउने कसरतमा छन् ।
त्यसैले उनी पार्टी विभाजन गर्ने खेलमा लागेका छन् र मधेशको भोटमा रजाईं गर्न चाहन्छन् भन्ने महिला नेतृ मधु यादवले बताइन् ।
गत २०७९ को स्थानीय तहका चुनावमा उनको गोर्खा क्षेत्रमा दुईवटा वडा सदस्य मात्र जितेका छन् । भने मधेशको भोटमा आफ्नो नाम रख्नको लागि मात्र बाबुराम भट्टराईले जसपालाई विभाजन गर्न चाहन्छन् भने त्यसलाई पार्टीका प्रतिबद्ध नेता तथा कार्यकर्ताले कदापि छाड्ने छैनन् यादवले बताइन् ।
बाबुरामको तत्कालीन पार्टी `नयाँ शक्ति´ कुन अवस्थामा थियो ? त्यसवेला उपेन्द्र यादवजले उनलाई शरण दिएका थियो तर त्यो कुरा विर्सिसकेका छन् की अहिले पार्टी विभाजन गर्न हस्ताक्षर गर्दै हिंडेका छन् ।
Discussion about this post