मधेशटप,संवाददाता । नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रधानसेनापति जनरल मनोज पाँडे र नेपाली सेनाका प्रधानसेनापति जनरल प्रभुराम शर्माबीच भेटवार्ता भएको छ। सोमबार बिहान सैनिक मुख्यालयमा जंगअड्डामा उनीहरुबीच भेटवार्ता भएको हो।

सोमबार जंगी अड्डामा दुई देशका सैनिक प्रमुखको बिचमा भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापतिलाई भेट्नुअघि पाण्डेले टुँडिखेल स्थित सैनिक मञ्चमा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानसेनापति सँग भेट्नुअघि भारतीय सेनाध्यक्षलाई जंगी अड्डामा गार्ड अफ अनर प्रदान गरिएको थियो । सम्मान गारत निरीक्षण पछि दुई देशका प्रमुखको बिचमा भेटघाट सुरु भएको नेपाली सेनाले जनाएको छ ।

भारतीय सेनाले नेपाली सेनालाई विभिन्न सैन्य सामग्री हस्तान्तरण गरेको छ। टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा सोमबार आयोजित एक विशेष समारोहबीच भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आएका पाण्डेले प्रधानसेनापति शर्मासँग भेटवार्तासमेत गरेका छन्। पाण्डेलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ।

सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।