MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

भन्सार कार्यालयलाई लक्ष्य पूरा गर्न धौ-धौ

मधेशटप by मधेशटप
२०८० बैशाख २३, शनिबार १९:२३
0
भन्सार कार्यालयलाई लक्ष्य पूरा गर्न धौ-धौ

जलेश्वर । गत आर्थिक वर्षको लक्ष्यभन्दा १ सय ८२ प्रतिशत बढी राजस्व संकलन गर्ने महोत्तरीको जलेश्वर भन्सार कार्यालयलाई चालु आर्थिक वर्ष २०७९/०८० मा लक्ष्य पूरा गर्न नै धौ-धौ परेको छ ।

चालु आर्थिक आवमा जलेश्वर भन्सार कार्यालयलाई ३ अर्ब ६३ करोड ९१ लाख ६ हजार रुपैयाँ राजस्व उठाउन लक्ष्य दिइएकोमा आर्थिक वर्षको ९ महिना वितिसक्दा मात्र ५६ दशमलव १८ प्रतिशत अर्थात २ अर्ब ४ करोड ४४ लाख ३० हजार ३९ रुपैयाँ मात्र उठाउन सकेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व उठाउने लक्ष्य पाएकोमा जलेश्वर भन्सार कार्यालयले १८२ प्रतिशतले लक्ष्य हासिल गरी ३ अर्ब ९ करोड ३४ लाख ७० हजार ४९५ रुपैयाँ उठाएको थियो ।

९ महिनामा उठाउनुपर्ने राजस्वको लक्ष्य तोकिए पनि आयत निर्यात व्यापार प्रभावित भएसँगै जलेश्वर भन्सार कार्यालयको राजस्व असुलीमा गिरावट आएको कार्यालयका प्रमुख भन्सार अधिकृत अमित पौडेलले बताए ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको तुलनामा १०८ दशमलव ३१ प्रतिशत प्रगति हासिल गरेको छ । साउनमा २२ करोड ४९ लाख ९ हजार राजस्व उठाउने लक्ष्य भएकोमा भन्सार कार्यालयले २४ करोड ३६ लाख २ हजार ५५३ रुपैयाँ राजस्व उठाएको थियो ।

सो महिनामा लक्ष्यभन्दा बढी राजस्व उठाए पनि त्यसपछिका महिनाहरुमा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व उठाउन सकेको छैन । सो कार्यालयले उपलब्ध गराएको तथ्याङ्गक अनुसार गत भदौ देखि चैत समान्त सम्म आईपुग्दा क्रमिक रुपमा राजस्व असुलीमा गिरावट देखिएको छ ।

भदौमा २७ करोड ५५ लाख ७५ हजार राजस्व उठाउने लक्ष्य पाएकोमा ८३ दशमलव ७६ प्रतिशत अर्थात २२ करोड ८३ लाख १ हजार ८९ उठाएको छ ।

यसैगरी असोजमा २८ करोड ५८ लाख ६९ हजार लक्ष्य रहेकोमा ८८.३९ प्रतिशत २५ करोड २६ लाख ७८ हजार २३४, कार्तिकमा ३० करोड ३१ लाख ८२ हजार राजस्व उठाउने लक्ष्य पाएकोमा ७९ प्रतिशत अर्थात २४ करोड ४९ लाख ४१ हजार ६९, मंसिरमा ३१ करोड ४३ लाख ९७ हजार लक्ष्य पाएकोमा ५९.४३ प्रतिशत अर्थात १८ करोड ६८ लाख ४९ हजार ४७७, पुसमा ३३ करोड ७८ लाख २९ हजार लक्ष्य पाएकोमा ५३.४८ प्रतिशत अर्थात १८ करोड ६ लाख ७३ हजार ७६२, माघ महिनामा ३० करोड लक्ष्य पाएकोमा ७४.२० प्रतिशत अर्थात २२ करोड ७५ लाख ७८ हजार २९५, फागुनमा ३१ करोेड ६३ लाख ६२ हजार लक्ष्य पाएकोमा ७६.३६ प्रतिशत अर्थात २४ करोड १५ लाख ८१ हजार ६४० तथा चैत महिनमा ३२ करोड ४८ लाख ४८ हजार राजस्व उठाउने लक्ष्य पाएकोमा ७३.३३ प्रतिशत अर्थात २२ करोड ८२ लाख २३ हजार ९२० रुपैयाँ राजस्व उठाएको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा उठेको कूल राजस्व मध्ये पेट्रोलियम पदार्थ आयातबाट ६० प्रतिशत राजस्व उठेको छ । २०७९ साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट ४० करोड ५९ लाख ६२ हजार ५६२ बराबरको ६९ लाख ५७ हजार ७९ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएर आउँदा ४८ करोड २३ लाख ३ हजार १४८ भारु रुपैयाँ उठेको छ ।

यस नाकाबाट सबभन्दा भारतबाट पेट्रोलियम पदार्थ आयात हँुदा राजस्वको लक्ष्य मुख्य रुपमा पेट्रोलियम पदार्थ आयातमा निर्भर हुने गरेको छ । तर यस वर्ष भारतबाट अनुमानको हिसाबले पेट्रोलियम पदार्थ आयात नहुँदा लक्ष्य प्रभावित भएको सूचना अधिकारी सुमित रौनियारले बताए । नेपाल भन्दा भारतबाटमा पेट्रोलियम पदार्थ सस्तो भएकोले पनि भारतका ग्राहकहरु नेपाल न्यून मात्रामा आउने गरेको उनले बताए ।

यसरी लक्ष्य अनुसार राजस्व नउठाउनुको पछाडि पेट्रोलियम पदार्थ आयात रहे पनि सिमावर्ती क्षेत्रमा हुने गरेको चोरी पैठारी र तस्करीको कारणले पनि राजस्व संकल्नमा कमी आएको जानकारहरुको भनाइ छ ।

Previous Post

एक वर्ष भित्रै प्रदेशलाई पूणर् साक्षर बनाउने प्रतिबद्धता

Next Post

५१ सदस्यीय वडा कमिटी चयन

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० बैशाख २३, शनिबार १९:२३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० बैशाख २३, शनिबार १९:२३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० बैशाख २३, शनिबार १९:२३
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० बैशाख २३, शनिबार १९:२३
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० बैशाख २३, शनिबार १९:२३
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० बैशाख २३, शनिबार १९:२३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति