महोत्तरी : पिपरा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष बन्दना पाण्डेयले जेष्ठ नागरिक तथा यात्रुहरुलाई गमछा र टिका लगाई विदाई तथा सम्मान गरेकी छन् ।
महोत्तरीको पिपरा गाउँपालिकाद्वारा सातवटै वडाका ज्येष्ठ नागरिकका लागि धार्मिक अवलोकन भ्रमण सुरु गरिएको छ ।
करीब छ दिनका लागि तय गरिएको उक्त भ्रमण विशेष गरी ६० वर्षभन्दा माथिका पुरुष ज्येष्ठ नागरिकका लागि रहेको छ ।
गाउँपालिकाभित्र रहेका सातवटै वडाका ज्येष्ठ नागरिकलाई धार्मिकस्थल र पर्यटकीय क्षेत्रमा भ्रमण गराउने उद्देश्यसहित करीब तीन सय बढी ज्येष्ठ नागरिकलाई काठमाडौं,लुम्बिनी, नारायणीघाट, चितवनको सौराहासम्म घुमघाम गराउँदै फिर्ता घर आउने कार्यक्रम रहेको कार्यबाहक अध्यक्ष पाण्डेयले बताइन् ।
ज्येष्ठ नागरिक भएका कारण बाटोमा समस्या नहोस् भनेर प्रत्येक वडाबाट एक/एकजना वडा संयोजक र स्वास्थ्यकर्मीलाई खटाइएको कार्यबाहक अध्यक्ष पाण्डेयले बताइन् ।
उनले भनिन्, “गन्तव्य एउटै भए पनि सहज वातावरण मिलाउन प्रत्येक वडाबाट वडाध्यक्षलाई सहजीकरणको जिम्मा दिइएको छ ।” ज्येष्ठ नागरिकका लागि भनेर यस धार्मिक भ्रमणमा गाउँपालिकाबाटै बजेट छुट्याइएको जनाइएको छ ।
Discussion about this post