काठमाण्डौ – घैया मकै, बाँसको डोको, लगाएत गीत संगीतहरु पस्किएर अशंख्य सांगीतिक पारखिहरुको मन जित्न सफल सफल जोडी रामशरण आले र शम्भु नेपालको सहकार्यमा पुनः अर्को गीत“जाले रुमाल” बोलको गित ले दर्शक तथा श्रोताको मन जितिरहेको छ।

रामशरण आले, शम्भु नेपाल र भोजराज रखाल मगरको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यस गीतले नेपाली लोक दोहोरी, त्यसमाथि पनि काँठ क्षेत्रमा छुट्टै छलाङ्ग मार्ने अनुमान गर्न सकिन्छ ।

सार्बजनिक भएको केही समयमा नै यस गितलाई यो समाचार तयार पार्दा सम्म करिब १ लाख १८ हजार को हाराहारीमा दर्शक ले हेरेका छ्न। गितलाइ करिब १३ सय जनाले लाइक गरेका छ्न भने ३६५ जनाले सकारात्मक प्रतिक्रिया दिएका छ।

सार्बजनिक गीतमा रामशरण आले भोजराज रखाल मगर र सिर्जु अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय राम्जी थापा मगरले भरेका हुन् भने शब्द उनै ख्यातिप्राप्त सर्जक शम्भु नेपालले लेखेका हुन् । गीत सुन्दा नै निकै आनन्दको अनुभूति हुने समायोजन रहेको छ ।

सार्बजनिक “जाले रुमाल” बोलको गीतको म्युजिक भिडियोमा शुक्र लामा, रिना थापा र युवक कार्कीको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन राम के.सी र सम्पादन संगीत बानियाँले गरेका छन् । भिडियो हेर्न तल क्लिक गर्नु होला ।