काठमाडौ-पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय मोडल दिक्षा घिमिरे अभिनित लोकदोहोरी गित “काफल पाक्यो” सार्बजनिक भएको छ।

पछिल्लो समय अभिनयमा व्यस्त रहेका घिमिरेले अभिनय गरेका थुप्रै गितले दर्शक को मन जित्न सफल भएको छ।त्यस्तै सार्बजनिक गितले पनि दर्शक को मन जित्ने उनको बिस्वास छ।

गायक राजेन्द्र भन्डारि, पुष्कर चौलागाईं,सुमन ढकाल र गायिका अर्चना स्याङ्तान,मनिशा सेन्चुरिको स्वरमा रहेको उक्त गीतमा बाल्चन्द्र घोरासैनिको शब्द तथा गायक पुष्कर चौलागाईं को संगीत रहेको गितलाई बिष्णु तामाङले एरेन्ज गरेका हुन भने शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरेका हुन ।

सार्वजनिक गीतको भिडियोमा राम के शिको छायाँकन रहेको छ भने निरेन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छ्न। उक्त भिडियोमा उनै लोकप्रिय मोडल दीक्षा घिमिरे ,पारस बास्ताकोटि लागायतको अभिनयलाई देख्न सकिन्छ।उक्त गीतको भिडियो Puskar Chaulagain Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुस भिडियो……