जनकपुरधाम । विश्वका विभिन्न देशमा अनौठा परम्परा रहेन गरेका छन् । आफ्नो जात, धर्म, संस्कृति अनुसारका परम्परा मानिसहरुले लामो सयमदेखि मनाउँदै आएका छन् । बतिपय त्यस्ता परम्पराहरु नेपालमा पनि छन् ।

यस्तै अनौठो एक परम्परा भारतको एक गाउमा रहेको जानकारहरुले बताएका छन् । भारत हिमाञ्चल प्रदेशको मणिकर्ण घाटीको पीणी नामक एक गाउँमा अनौठो परम्परा रहेको छ जसलाई पत्याउन तपाई हामीलाई गाह्रो पर्छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार पीणीको गाउँमा पाँच दिनसम्म श्रीमतीहरु निर्वस्त्र बस्ने गर्छन् । उनीहरुले लुगा लगाउने गरेका छैनन् ।

यो पाँच दिनमा श्रीमान श्रीमती एक अर्कासँग गफ समेत नगर्ने परम्परा रहेको छ । ५ दिनको समयमा गाउँका कुनै पनि पुरुषलाई रक्सी पिउने स्वतन्त्रता छैन ।

वर्षा यामको समयमा पर्ने एक चाडका बेला यस्तो गर्ने परम्परा रहेको छ । कपडा नलगाएपनि पछिल्लो समयमा उनबाट बनेको एक ओढ्नी भने ओड्न महिलालाई छुट छ ।

यो नियम कडाइका साथ पालन गर्ने गरिएको छ । यदी कसैले यो परम्परा तोडे अनिष्ठ हुने विश्वास स्थानीयले गर्ने गरेका छन् । यो लेख कुमार चौलागाईले लोकान्तर अनलाइनमा लेख्नुभएको हो ।

संसारकै अनौठो लाग्ने गाउँ , जहाँ पुरुष प्रवेश निषेध छ !

काठमाडौं । उत्तर केन्याको उमेजा नामको एक गाउँमा पुरुषलाई प्रवेश निषेध गरिएको छ । महिला मात्र बसोबास गर्ने उमेजामा पुरुष जान पाउँदैनन् । सन् १९९० मा १५ जना पीडित महिलाबाट बसाइएको उक्त बस्तीमा पछि बालविवाह, घरेलु हिंसा आदीबाट पीडित महिला पनि बसोबास गर्न थालेका छन् ।

गाउँमा महिलाले खाना, कपडा र घरका लागि नियमित खर्च आफैँ जुटाउने गर्छन् । उमेजमा पर्यटकहरु पनि कम खर्चमा नै भ्रमण गर्न सक्ने व्यवस्था महिलाले मिलाएका छन् ।

महिलाको हक र अधिकारका लागि लड्ने क्रममा पुरुषबाट पिटिएकी रेबेका लोलोसोलीले शुरुमा बस्ती स्थापना गरेकी हुन् । पुरुषबाट पिटिएपछि उपचारका क्रममा उनले महिला मात्र रहेन बस्ती बसाउने योजना बनाइन् र पुरुषविनाको एक सिंगो बस्ती निर्माण गरिन् ।

सन् २०१५ मा उमेज गाउँमा ४७ जना महिला र २०० बालबालिका रहेको द गार्डियनले उल्लेख गरेको छ । हाम्रा अन्य समाचार पनि पढ्नुहोला……एजेन्सीको सहयोगमा

संसारकै अनौठो होटल, जहाँ ६० हजार सिँढी चढेर जानुपर्छ : एजेन्सी / सामान्यतया ढुंगा फुटाउँदा टुक्रा–टुक्रा हुन्छ । तर संसारमा एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा रगत र मासु निस्कन्छन् । चिली र पेरुका समुद्रमा यस्ता ढुंगा पाइन्छ जसलाई फुटाउँदा रगत र मासु निस्कन्छ ।

ढुंगालाई बाहिरबाट हेर्दा सामान्य झैं लाग्छ । तर यसबाट रगत र मासु निस्कन्छ जुन यहाँको बजारमा खुबै बिक्ने गरेको छ । पायुरा चिलियांसिस नामले चिनिने यो ढुंगाबाट अनेकौं परिकार बन्छ ।

तर स्थानीयहरू यसलाई काँचै खान मन पराउँछन् । पिरियड रकका नामले पनि परिचित यो ढुंगा समुद्री जीव हो । यस ढुंगामा लिंग परिवर्तन गर्ने क्षमता छ र यसले बच्चा पनि जन्माउँछ ।

यो जीव ठ्याक्कै ढुंगा जस्तै देखिन्छ । माथिबाट कडा देखिने यो ढुंगा भित्रबाट अत्यन्तै नरम हुन्छ । मानिस यो ढुंगाको खोजीमा समुद्रतलमा पुग्छन् र यसबाट निस्कने मासु खान मन पराउँछन् ।