काठमाडौं । बिहे भएको राति नै बेहुला बेहोस भएका छन् ।

एक व्यक्तिले धूमधामका साथ विवाह गरे तर हनिमुनमा आफ्नी दुलही किन्नर (ट्रान्सजेन्डर) भएको थाहा पाएपछि उनी छक्क परेका हुन् । यो घटना भारत, बिहारको गोपालगञ्जको हो ।

त्यहाँ एक व्यक्तिले आफूलाई धोका दिएर किन्नरसँग विवाह गर्दिएको आरोप लगाएका छन् । यस सम्बन्धमा अदालतमा मुद्दा समेत परेको बताइएको छ ।

यो घटना गोपालगञ्ज जिल्लाको बरौली थाना क्षेत्रमा रहेको रुपनछाप गाउँको हो । रुपनछाप गाउँपालिकाका अरुणेश कुमारको विवाह सिन्धवालिया गाउँकी रानी (नाम परिवर्तन) सँग भएको थियो ।

आजतकका सुजित झाका अनुसार विवाहको सबै संस्कार पूरा भएको थियो । दुलहा र दुलहीले सात फेरा लगाए । बेहुलीको बिदाई भयो, उनी ससुराली घर पुगिन् ।

बेहुलीलाई ससुराली घरमा धुमधामसँग स्वागत पनि गरियो । अब दुलहा, दुलही किन्नर भएको कुरा लुकाएर केटी पक्षले बिहे गर्दिएको बताउँछन् । यसरी दुलही पक्षले धोका दिएको उनको आरोप छ ।

जानकारी अनुसार सुहागरातको समयमा आफूसँगै ओछ्यानमा बसेकी दुलही किन्नर भएको थाहा पाएपछि उनी बेहोस भएका थिए । भोलिपल्ट उनले परिवारका सदस्यहरुलाई यो कुरा सुनाए ।

यस सम्बन्धमा विवाह गराउने सातजना विरुद्ध मुद्दा दर्ता गरिएको छ । घटनापछि बेहुलीको परिवार हतियार लिएर बेहुलाको घर पुगेको थियो । उनीहरुले दिएको उपहार र दाइजो सबै लिएर गएका छन् ।

बेहुलाको तर्फबाट मुख्य न्यायिक अधिकारी (सीजेएम) चन्द्रमणि कुमारको अदालतमा मुद्दा दायर गरिएको छ ।

बेहुलाले आफ्नो मौलिक हक र विवाहको कानुनलाई उद्धृत गर्दै आफूलाई न्याय दिनुपर्ने माग राखेका छन् ।

उनले आफ्नो भावनासँग खेलवाड भएको पनि बताए । गोपालगञ्जसहित विश्वभर यो घटनाको चर्को चर्चा भइरहेको छ । यो समाचार लेख्दासम्म दुलहीको तर्फबाट भने कुनै बयान आएको छैन ।