काठमाडौं । भारतीय टेलिभिजन अभिनेत्री उर्फी जावेद छोटो लुगा लगाएर चर्चामा आउने गरेकी छिन् ।
उनले बेलामा बेलामा बोल्ड बयान बयान पनि दिन्छिन् ।
जब उनी हालै आफ्नो नयाँ पोशाकमा बाहिर आइन्, तब मिडिया र पापाराजीहरूले फोटो क्लिक गर्न थाले ।
कपडाका बारेमा सोध्दा उनले एक दिन लुगा नलगाएर आउने बताइन् । ऊर्फीले आफूले छोटो पहिरन मानिसहरूलाई हैरान पार्न नभई आफ्नो रोजाइका कारण लगाउने गरेको पनि बताइन् ।
उर्फीले नीलो रंगको वन पीस ड्रेस लगाएकी थिइन्, जसमा फ्रन्ट कट थियो । त्यहाँबाट लाज देखिएको भन्दै अहिले उक्त तस्वीर ट्रोलको शिकार बनेको छ । उनको हेयरस्टाइलले पनि मानिसहरुको ध्यान तान्यो ।
उर्फी जावेद सामाजिक सञ्जालमा प्रायः भाइरल हुने गरेकी छिन् । कपडाका कारण उनलाई ट्रोल गर्ने गरिएको छ । सोही कारणले गर्दा उनी विगतमा सबैभन्दा बढी खोजिने भारतीयको सूचीमा परेकी थिइन् ।
उर्फी जावेदको पछिल्लो लुक पनि चर्चामा छ । उनले आफ्नो नयाँ लुकमा पोज दिएकी छिन् । तपाईंको लुगाले मानिसलाई चकित पार्छ नि भन्ने प्रश्नमा उर्फीले भनिन्, ‘म एक दिन लुगा लगाउने छैन । कुरा सकियो । म के भनु ।
मैले जे लगाए पनि दर्शकलाई चकित पार्न लगाएको होइन । मलाई जे मन पर्छ त्यही लगाउछु ।’ उर्फी यो भिडियोका कारण पनि ट्रोल भएकी छिन् । उर्फी आफूलाई ट्रोलिङले कुनै फरक नपर्ने बताउँछिन् ।
कामको कुरा गर्दा उर्फी जावेद पछिल्लो पटक बिग बोस ओटीटीमा देखिएकी थिइन् । उनी शोमा केही दिन मात्रै बस्न पाएकी थिइन् ।
कार्यक्रममा पनि उनले आफ्नो रचनात्मकता देखाउँदै पलास्टिकले बनेको लुगा लगाइन् । त्यस बाहेक उर्फी हाल कुनै पनि कार्यक्रममा देखा परेका छैनन् । उनी आफ्नो आकर्षक पहिरनका कारण चर्चामा रहन्छिन् ।
Discussion about this post