काठमाडौँ : नेपाललाई विभिन्न राजनीतिक वादहरुको प्रयोगशाला बनाई हरेक दृष्टिकोणले अस्थिर र असफल राष्ट्र बनाईदै आएको कुरा आज सबैलाई थाहा भएकै हो। अस्तिमात्र मन्त्रिपरिषदको सिफारिसमा समाननीय प्रधानमन्त्री श्री खडगप्रसाद ओलीद्वारा वर्तमान संसद विघठन सम्बन्धी प्रस्ताव समाननीय राष्ट्रपति ज्युद्वारा स्वीकृत भएकोमा सो कार्य अदृश्य आडमा असंबैधानिक तरिकाले स्वीकृत गराएबाट समेत विद्यमान व्यवस्था र संविधान असफल भएको तथा सरकार र राजनीतिक नेतृत्व-पंक्ति समेत आफै असक्षम र असफल सावित भएको सत्यतथ्य आज सबै आम नेपाली सहजै स्विकार्छ।वर्तमान बहुमतिय सरकारबाट यस्तै अपारदर्शी, निरंकुश, अधिनायकवादी र असंबैधानिक कदमहरु चालिदै आएबाट राष्ट्रमा अराजकता, सामाजिक द्वन्द, अवाच्छिनिय चलखेल समेतका कारण राष्ट्रिय संकट बढदै जाने आकलन नै नगरी सर्वपक्षीय सहमति नै नगरी ताजा जनादेशको नाम र षड्यन्त्रमा देश पुन: अस्थिर राजनीति र अनिर्णयको बन्दि हुने देखिएको छ।इतिहास त्यहिरुपमा दोहारिदैन ।

२१औं शताब्दीको विश्व परिवेशमा आवश्यक सुधार सहित राष्ट्रवादको जगमा रहने “संवैधानिक राज-संस्था सहितको जनतन्त्र” वैकैल्पिक राजनैतिक अवधारणा हो । राष्ट्रिय एकताका प्रतिक राज-संस्था, राष्ट्रिय सेना र नागरिक-बल अबको वैकल्पिक शक्ति हुन् । षड्यन्त्रपुर्वक धर्म-निरपेक्ष, संघीय गणतन्त्र घोषणा पछि संवैधानिक राज-संस्थाबाट जनताको नासोको रुपमा तत्कालिन सरकारलाई केहि समय सुरक्षित राखिदिन जिम्मा दिईएका राज-दण्ड र राज-मुकुट स-सम्मान फिर्ता गराई पाउन र राज-संस्थाको अभिभावकत्वमा सर्वपक्षीय राष्ट्रिय सरकार गठन गरि अमन चयन कायम गर्न र स्वतन्त्र निस्पक्ष प्रजातान्त्रिक/जनतान्त्रिक पद्धति बाटै निर्वाचन सम्पन्न गराउनु देशको पहिलो कर्तब्य हो । तर अहिलेकै अवस्था र व्यवस्थामा निर्वाचनमा जानु भनेको विदेशी प्रभुहरुलाई खुशी पार्नु र देश र जनतालाई थप ऋण र करको बोझमा सधैंको लागि दबाउनु र देशलाई नै समाप्त गर्नु बाहेक केहिपनी हैन। वर्तमान अवस्था र ब्यबस्थामा चुनाव भ्रम हो।

अत: देशलाई सनातन संस्कृति र संवैधानिक प्रबल राज-संस्था र जनतन्त्र नै २१औं शताब्दीको नेपालको पहिचान, बिकाश र स्वाधिनताको लागि औचित्यपूर्ण ठहर गर्दै हिमाल, पहाड र तराई-मधेश का सम्पूर्ण राष्ट्रवादी, देशभक्त लगायत जनतन्त्र-प्रेमीहरु मातृभूमि नेपालको राष्ट्रिय झन्डा बोकि एतिहासिक कदमका रुपमा संयुक्त नागरिक आन्दोलनमा भौतिक र नैतिक समर्थन जनाउन हार्दिक अपिल गर्दछु ।

(यो भनाइ जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्र बचाउ अभियान एवं राष्ट्रिय नागरिक आन्दोलन २०७७ का राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” ज्युको सामाजिक संजालबाट लिईएको हो !)