२० चैत, बाँके (मधेश टप): नेपालगन्जमा ए.जी. सर्भिस प्रा.लि.को आयोजनामा संचालित तेस्रो नेपालगन्ज महोत्सव २०७७ मा आज आज गायक प्रकाश सपूत, गायक देवेन्द्र बल्लु, गायिका झरना पुन, गायिका प्रिती आले मगर लगायतका राष्ट्रिय ख्याती प्राप्त चर्चित कलाकारहरुको प्रस्तुति रह्ने भएको छ ।

बिहिवार चर्चित गायक ज्योति मगर, बालकलाकार सचिन परियार र रबिना बस्यालले सम्पुर्ण नेपाल वासीलाई आफ्नो बेजोड प्रस्तुतिले नचाएका थिए । बुधबार गायक ज्योति मगर र बालगायक लगायत उनीहरुको अभिभावक संगै नेपालगन्ज आएका थिए ।

उनीहरु लगायत आधा दर्जन जति राष्ट्रिय ख्याती प्राप्त चर्चित कलाकारहरुको समेत प्रस्तुति रह्ने आयोजकले जनाएको छ । आज दिउँसो ३:०० बजे सम्म फ्री ईन्ट्रिको व्यवस्था गरिएको छ ।

त्यस्तै नेपालगन्ज डान्स आइडल सगरमाथा डान्स ग्रुप, व्यापारिक स्थल बाल उद्यामका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रह्ने छ । उक्त महोत्सवमा नृत्य प्रतियोगितामा केवि शाही, सन्तोष सोती मगर लगायतले निर्णायक गर्दै आएका छन । मंग्लवार देखि महोत्सव प्रवेश गर्न काटेको टिकटबाट नै आफुलाई मन परेको प्रतिस्पर्धीलाई भोट दिन सकिने आयोजकले व्यवस्था गरेको छ ।

उक्त महोत्सवको मुख्य प्रायोजकमा देउती सोप एण्ड केमिकल्स प्रा.लि., संरक्षणमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ भने मुख्य मिडिया पार्टनरमा नील खबर अन्लाईन र कृष्णासार एफ एम छन ।

महोत्सव निरन्तर २२ गते सम्म दिनहुँ ११ बजे देखि रात्री ८ बजे सम्म संचालन हुनेछ ।