बस पर्खेर बसेका एक जना जेष्ठ नागरिकलाई धरान-इटहरी सडक खण्डमा आइतबार दिउँसो टिप्परले ब्याक गरेर किच्दा मृत्यु भएको छ। इटहरी वडा नं.१ स्थित आदर्श टोल गंगा मार्ग प्रवेश गर्ने स्थानमा धरान जानका लागि बस पर्खेर बसेका स्थानीय ८१ वर्षीय कर्णबहादुर गुरुङ्लाई टिप्परले शुरुवातमा ठ’क्कर दिएको दियो ।

र त्यसपछि ब्या’क गरेर कि’च्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनायो। प्रदेश १–०२–००१ ख ८६६५ न. को मालबाहक टिप्परले रोकेर साईड लगाउन पछाडि सार्न खोज्दा शुरुवातमा ठक्कर दिएको र पछि ब्याक गरेर किच्दा पुरै क्षतविक्षत हुन पुगेको दंगालले बताए।

गुरुङको मृत्युपछि इटहरी वडा नं. १ को आ’दर्श टोल गंगा मार्ग अगाडि स्थानीय भेला भएर सडक अवरुद्ध गरेका छन्। जसले गर्दा यातायात ठप्प हुन पुगेको छ। स्थिती तनावग्रस्त बन्न पुगेको छ। स्थिती सहज बनाउन पहल भइरहेको वडा नं. १ का कार्यबाहक वडाध्यक्ष निश्चल पोखरेलले बताए।

प्रहरीले पनि टिप्परले ब्याक गरेर किच्दा गुरुङको मृत्यु भएको पुष्टि गरेको छ। प्रहरीले टिप्पर चालक इटहरी वडा नं. १९ का २९ वर्षीय अनिल चौधरीलाई नियन्त्रणमा लिइसकेको छ। स्थानीय पुष्प दंगालका अनुसार गुरुङ दमको रोगी भएकाले गर्दा औषधि लिन धरान जानका लागि सडक छेउमा बस पर्खेर बसेका थिए।