जनकपुरधाम : कतिपय पुरुषहरु यौन सम्पर्क भइसकेपछि तुरुन्तै निदाउने गर्छन् भने कतिपय महिलाहरुमा त्यसको असर २४ घण्टासम्म पनि देखि नै रहन्छ ।

यौन सम्बन्ध राख्ने वित्तिकै महिलालाई अंगालो नहाली वा कुराकानी नगरी निदाउने पुरुषप्रति महिलाहरुको धारणा फरक हुने गर्छ । जस्तो कि स्वार्थी, माया नगर्ने, असन्तोषी जस्ता आरोपहरु लगाउने गर्छन् ।

तर, के वास्तवमै यौन सम्पर्क राख्ने वित्तिकै निदाउने पुरुष साँच्चै स्वार्थी हुन्छन् त ? किन पुरुषलाई यौन सम्पर्क राख्ने वित्तिकै निन्द्रा लाग्छ ?

सामान्यतयाः मानिसहरु रातको समयमा यौन सम्पर्क राख्ने गरिन्छ । रातको समयमा प्रायः मानिसहरु थाकेका हुन्छन् । यौन सम्पर्क राख्ने वित्तिकै निन्द्रा लाग्नुको पहिलो कारण नै थकान हो ।

यौन सम्बन्ध एक प्राकृतिक प्रक्रिया हो । महिला र पुरुषको शरीरमा यौन सम्बन्धको बारेमा फरक फरक प्रकारको प्रतिक्रिया उत्पन्न हुन्छ । महिलामा अझै उत्तेजित बढी हुन्छ। यौन सम्बन्धपछि महिलाहरु झन् बढी पुरुषको मायामा पर्छन् ।

विभिन्न अनुसन्धानअनुसार पुरुषमा भने यौन सम्बन्धपछि इज्याकुलेट हुन्छ र हर्मोन उत्पादन हुन्छ । जसले शरीरमा आलस्यता पैदा गर्छ साथै यौन सम्पर्कको दौरान शरीर निकै थाक्ने भएकाले पुरुषहरु छिट्टै निदाउने उल्लेख गरिएको छ ।