जनकपुरधाम । टिभी अभिनेत्री शेफाली जरिवाला माल्दिभ्समा मस्ती गर्दैछिन् । उनले माल्दिभ्सको सुन्दर स्थानमा रातो बिकिनीमा केही फोटो शेयर गरेकी छिन् । फोटोमा शेफालीको बोल्ड अवतार देख्न सकिन्छ ।

उनका यी तस्विरहरुले सामाजिक संजालमा चर्चा बटुलेका छन् । यसअघि उनले कालो बिकिनीमा पनि केही तस्विर शेयर गरेकी थिइन् । शेफाली आफ्ना पति पराग त्यउागीसँग गएकी हुन् ।

परागले पनि इन्स्टाग्राममा पत्नी शेफालीसँगका तस्वीरहरु शेयर गरेका छन् । बुगी वुगी, नच बलिये सिजन ५ र सिजन ७ मा देखिएकी शेफाली बिग बोस १३ मा पनि देखिएकी थिइन् ।