चलचित्रको नविकरण र इजाजतका लागि छुट दिने निर्णयले निर्मातालाई राहत मिलेको छ । विद्युत डिमाण्ड शुल्क छुट दिने निर्णयले हल संचालकहरुलाई राहत मिलेको छ ।

यसैविच, नायिका वर्षा सिवाकोटीले भने बजेट सधै नै राम्रो र आनन्द लाग्ने खालको नै आउने प्रतिक्रिया दिएकी छिन् । उनले लेखेकी छिन्–‘बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो । यो पटक झन् राम्रो र कर्णप्रिय लाग्दैछ । तर, भाषण सकिने वित्तिकै एक अर्कालाई सत्तोसराप सुरु हुने निश्चित छ ।’