अर्थ राज  जनकपुरधाम २५ जेष्ठ 

मधेश टप: काठमाडौंको बैद्धस्थित नयाँ बस्तीमा शव भेटिएको छ। आज बिहान बोरामा पोको पारेर फ्यालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनायो। प्रहरीका अनुसार दुई साताअघि नै हत्या भएर शरीरका केही भाग मात्रै फ्याँकिएको पाइएको हो ।

बौद्धको नयाँ बस्तीमा बोराभित्र भेटियो शव: प्रहरी घटनास्थलमा अनुसन्धान जारि

बौद्धको नयाँ बस्तीमा बोराभित्र भेटियो शव: प्रहरी घटनास्थलमा अनुसन्धान जारि

घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरिय प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली घटनास्थल पुगिसेको छ। ‘हामी घटनास्थल पुगेका छौं। शव कसको हो भन्ने खुलिसकेको छैन। थप अनुसन्धानमा नै छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले भने।

घटनास्थल बौद्धको नयाँबस्तीस्थित दिब्य पार्टी प्यालेसबाट ५०० मिटरभित्र चौरमा रहेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा मंगलबार बिहान दुबो टिप्न गएकी एक महिलाले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर भएको थियो ।

घटनास्थलमा पुगेसँगै हेर्दा प्रहरीले शवका अवशेष फेला पारेका थियो । प्रहरीले पैतालाको अवशेष हेर्दा अधबैंसे मानिसको जस्तो देखिन्छ ।

शवको पहिचान नै नभएकाले प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन भने अनुसन्धान प्रक्रिया सुरु भएको जनाएको छ ।