बागलुङ नगरपालिका–६ लहरेपिपलमा ट्र्याक्टरले ठ’क्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठ’क्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमलाकुमारी शर्माको मृत्यु भएको वडासचिव रुद्र केसीले जानकारी दिनुभयो ।

ग१त ६३०३ नंको ट्र्याक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठ’क्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको वडासचिव केसीको भनाइ छ । मृतक शर्मा सोही गाउँको काफलठुटा आधारभूत विद्यालयकी शिक्षिका हुनुहुन्छ ।

प्रहरीले ट्र्याक्टर चालक सुरेश नेपाली र सहचालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ ।

यस्तै धार्चे गाउँपालिका–२ रुन्चेतका एक बालकको रु’खबाट ख’सेर मृत्यु भएको छ । घर नजिकै रहेको रुखमा चराको गुँड हेर्न भनी चढेका १० वर्षीय साजन घलेको रुखबाट ल’डेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

रुखबाट ख’सेर ग’म्भीर घाइते भएका घलेको गोरखा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको उहाँले बताउनुभयो । घटनालगत्तै उद्धार गरी स्थानीय गाउँघर क्लिनिकमा उपचारपछि घाइते बालकलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

बालकको रुखबाट ख’सेर करिब १५ फिटमुनि भिरमा पुगेको अवस्थामा उद्धार गरिएको स्थानीयवासीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।